बलत्कार अभियोगमा दुई युवक पक्राउ

7
SHARES
15
VIEWS

काठमाडौं । बर्दिया जिल्लामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ परेका छन् ।

गुलरिया नगरपालिका–७ चौगुर्जी बस्ने १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ती किशोरीलाई खेतमा घाँस काट्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता, दाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार साँझ २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शान्तिनगर गाउँपालिका–१ बस्ने २० वर्षीय सागर नेपाली र १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूले ती किशोरीलाई ललाई फकाई नजिकै रहेको खेतबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित