अखिल(क्रान्तिकारी)को पचालझरना गाउँ सम्मेलनले दिपक शाहीको नेतृत्वमा कमिटि गठन

7
SHARES
15
VIEWS

कालीकोट । संगठन विस्तारमा लागेको अखिल(क्रान्तिकारी) कालीकोट गाउ गाउँमा सम्मेलन गर्न थालेको छ ।

जिल्लाको पचालझरना गाउँ पालिकामा प्रथम गाउँ सम्मेलन गरेको छ । पचालझरनामा भएको कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य विम बहादुर बम(सौगात)को प्रमुख आतिथ्यतामा भएको कार्याक्रममा पचालझरनाका विद्यार्थिहरुको उल्लेखनिय उपस्थिति रहेको बताइएको छ ।

उक्त कार्यक्रममा अखिल(क्रान्तिकारीका जिल्ला संयोजक मुनसिंह शाही,कर्नालि प्रदेश कमिटिका सदस्य देवराज शाही,पचालझरना गाउँ पालिका अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका युवा नेता अखिल (क्रान्तिकारी)का पूर्व केन्द्रिय सचिवालय सदस्य खगडराज सेजुवाललको विशेष आतिथ्यतामा कार्यक्रमा उद्घाटन भएको बताइएको छ ।त्यसै गरी पचालझरना गाउँ पालिका उपाध्यक्ष तथा अनेमसंघ(क्रान्तिकारी)को केन्द्रिय सदस्य तारा न्यौपाने लगाएतका विद्यार्थि नेताहरुले सम्मेलनको शुभकामना मन्तव्य दिनु भएको बताइएको छ ।

पचालझरना गाउँ पालिकाको प्रथम गाउँ सम्मेलन सम्पन्न गर्दै दिपक शाही को अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटि गठन गरेको छ । अखिल(क्रान्तिकारी) जिल्ला सदस्य यज्ञराज शाहीका अनुसार आजै सम्मेलन सम्पन्न भएको बताउनु भयो।
यस अघि महावै,पलांता र शुभकालिका गाउँ पालिकामा विद्यार्थिले सम्मेलन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित