जिप दुर्घटनाका घाईतेको उपचार जिल्ला अस्पतालमा हुंदै

7
SHARES
15
VIEWS

कालीकोट। आमताडामा भएको जिप दुर्घटनाका घाईतेको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । दुर्घटनाका ११जना घाईतेहरु मध्ये दुई जनालाई बाहिर पठाउनु पर्ने अवस्था आएको र अन्यको अवस्था सामान्य रहेको बताइएको छ ।

सान्नी त्रिवेणी गाउँपालिकाबाट जिते वजारका लागि आएको मानसरोवर रारा कर्णाली यातायात व्यवसायिकको क १ ज २३ नम्वरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी सान्नी त्रिवेणी गाउँपालिका  १ का चालक बिक्रम गिरीको घटना स्थलमा मृत्यु भएको छ भने दुर्घटनामा परी घाईते हुनेहरुमा रास्कोट नगरपालिका वडा नं ९ का वर्ष २१ का जंग्गे तिरुवा, वर्ष १८ की लक्ष्मी वराल, वर्ष ३४ का नरपती तिरुवा, वर्ष २४ का टेक लुवार, वर्ष ३६ का प्रेम वराल रहेका छन । त्यसै गरी रास्कोट नगरपालिका ७ का वर्ष ३७ का कमलराज शाही(कञ्चन) घाईते भएका छन ।

विरामीहरु मध्ये थप उपचारका लागि लक्ष्मि बराल र टेक लुवारलाई जिल्ला बाहिर रिफर गर्नु पर्ने बताइएको छ ।

यस्तै पचालझरना गाउँपालिका वडा नं ९ की वर्ष १९ कि अनिता शाही घाईते भएको प्रहरीले जनाएको छ । सान्नी त्रिवेणी गाउँपालिका वडा नं ६ निवासि तिल सज्याल, रत्न सज्याल, देवप्रसाद सज्याल, वर्ष ७० का सुन्दर सज्याल, रहेका छन ।

जिप्रका कालीकोटका सुचना अधिकारी भुपेन्द्र शाहीका अनुसार घटना स्थलमा नेपालि सेना, नेपाल प्रहरी र स्थानिय द्धारा उद्धार गरिएको तर हेलिकप्टर मार्फत उद्धार गर्नका लागि मौषम समयानुकल नभएपछि कठिनाई आएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित