हिमचुलि दुध डेरीमा बन्न थाले नयाँ परिकारहरु(फोटा फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । एक मात्र डेरीमा नयाँ परिकार बन्न शुरु भएका छन । दुग्ध जन्य पदार्थहरुको उत्पादन सहित नयाँ परिकारको उत्पादन शुरु गरिएको संस्थाले जनाएको छ । हिमचुलि कृषि सहकारी संस्था लि.द्धारा संचालित हिमचुलि डेरीमा अहिले दुध, दहि, मोही,गालिम, पनिर,घ्यु र छुर्पि लगाएतका उत्पादन शुरु गरिएको बताइएको छ ।

डेरी व्यवस्थापक चन्द्रमणि आचायका अनुसार सेवाग्राहीले चाहेको वस्तु उपलब्ध हुने बताउनु भएको छ । आचार्यका अनुसार अहिले पनिर गालिम लगाएतका सेवा दिन शुरु भएको र आगामि केही समय भित्र केक,पुष्टकारी लगाएतका वस्तु उत्पादन गर्ने बताउनु भयो ।

अहिले बजारको माग भन्दा बढि दुध आउन थालेको बताउदै दुधबाट अन्य वस्तु उत्पादनमा शुरु गर्न थालेको बताउदै प्रविधिमा पनि विगतको परम्परागत भन्दा आधुनिक प्रविधि सहितको सेवा दिन थालेको दावि गर्नु भयो । संस्थाले २०६८ सालमा आफै जसिं गाई पालन गरेर शुरु गरेको दुध डेरी चार वर्ष सम्म बन्द भएको थियो ।

दुध तताउने मेसिन

अहिले भने पशु अस्पताल तथा जिल्ला पशुु सेवा कार्यालय कालीकोट लगाएतका निकायले गरेको सहयोगका कारण दुध डेरी अघि बढाउन सहयोग पुगेको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यलय बताउनु भयो । संस्थाले अहिले सिंयाला, ताडी,बद्रिगाउँ तथा मान्म सदरमुकाम आसपासका कृषकहरुबाट दुध संकलन शुरु गरेको छ ।
जिल्ल पशु सेवा कार्यालय कालीकोटले कृषकहरुलाई प्रोत्साहन गर्नका लागि पशुपालन फर्मको स्थापना गरेको र उक्त फर्मबाट दुध डेरीलाई दिन शुरु भएको बताउनु भएको छ ।

कम्प्युटर मार्फत दुधको चेक जांच हुंदै

सहकारी संस्थाले संचालन गरेको डेरीमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको १३ लाख तथा पशु अस्पताल कालीकोटको १५ लाख अनुदानमा प्रविधिको जडान भएको बताइएको छ ।

सहकारी संस्थाका अध्यक्ष काली बहादुर महताराले कर्नालि प्रदेश सरकारले कृषि तथा पशुपालनमा विशेष जोड दिदै आगामी वर्षहरुमा प्रति लिटर दुधमा १० रुपैया अनुदान दिन थालेको बताउदै दुधको व्यवस्थापन गरेर अघि बढेमा राम्रो सन्देश जाने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित