पचालझरनामा स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी, स्वास्थ्य क्षेत्रको सुधार भएको ठहर

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले स्वास्थ्य क्षेत्रको सुधार र बिगतको समीक्षा गरेको छ । गाउँ पालिका स्तरिय समिक्षामा पचालझरना गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र संज्यालको संचालन तथा गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको अध्यक्षतामा   वार्षिक समिक्षा गोष्ठी भएको बताइएको छ ।स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र संज्यालका अनुसार ३ वटा स्वास्थ्य चौकी,६ वटा स्वास्थ्य इकाइले प्रगती प्रतिबेदन सलाइडमा प्रस्तुत गरेको बताउनु भएको छ । उक्त कार्यक्रममा उपाध्यक्ष तारा न्यौपाने खडका सहित ८ जना वडाध्यक्षको सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख संज्यालले बताउनु भयो । समिक्षा गोष्ठीमा बिगतको तुलनामा स्वास्थ्य क्षेत्रको अवस्था सुधार उन्मुख भएको बताउदै वार्षिक समिक्षामा अध्यक्ष सेजुवालले अझै ब्यबस्थित गर्न निर्देशन दिनु भएको बताइएको छ । उक्त कार्यक्रममा स्वास्थ्यका लागि सक्षम प्रणाली कार्यक्रम अन्तरगत यु एस एड को सहयोगमा संचालनमा भएको बताइएको छ । यु एस एडका प्राबिधिक अधिकृत   गगनसिंह ठगुन्ना, जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका सुचना तथ्यांक अधिकृत लंक बमको समेत सहभागिता रहेको बताइएको छ । गएको वर्षको तुलनामा विभिन्न विवरणहरुमा सुधार आएको र केही विवरणहरु पूरा गर्ने प्रतिबद्धता भएको बताइएको छ । पचालझरना गाउँ पालिकाको स्वास्थ्य शाखाले गएको वर्ष योग शिबिर लगाएतका कार्यक्रमहरु सम्पन्न गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित