वाइसियलको २ सय ३१ केन्द्रिय समिति चयन,पदाधिकारीमा विवाद

7
SHARES
15
VIEWS

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसियल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेर भेला सम्पन्न गरेको छ। पछि बैठक बसेर पदाधिकराी चयन गर्ने बताइएको छ ।
विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाइसियल नेपालको भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ।
केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरू भने चयन गरिएको वाइसियलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिनु भएको छ ।
वाइसियलमा विधानमा १० प्रतिशत सदस्य पछि मनोनीत गर्ने व्यवस्था गरिएकाले २सय३१ जनामध्ये २३ जना पछि मनोनीत बताइएको छ ।
वाइसियलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि यशोदा न्यौपाने,सुबोध सेर्पाली र सुमन देवकोटाले दाबी गरेका थिए। तर सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्ने गरी नयाँ केन्द्रीय कार्यसमिति राष्ट्रिय भेलाले चयन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित