कालीकोटमा विप्लव नेकपाको कार्यक्रता प्रशिक्षण शुरु

7
SHARES
15
VIEWS

कालीकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको  जिल्ला सदरमुकामको जिल्ला समन्वय समितिको सभाहलमा प्रशिक्षण शुरु भएको छ ।

खुला राजनैतिकमा आएपछि सदरमुकाम मान्ममा पहिलो पटक पार्टी कार्यक्रताहरुलाई प्रशिक्षण शुरु गरेको हो । सो पार्टीका स्थायि समिति सदस्य धर्मेन्द्र बास्तोला(कंचन)को उपस्थितिमा प्रशिक्षण कार्यक्रम शुरु भएको हो ।

जिल्ला भरका एक सय बढि कार्यक्रताहरुको उपस्थितिमा पार्टीको पछिल्लो अवस्था र गर्नु पर्ने कामका साथै आगामि कार्यदिशाका बारेमा छलफल हुने बताइएको छ ।

त्यसै गरी कार्यक्रममा केन्द्रिय सदस्य एटम विसि,बैकल्पिक केन्द्रिय सदस्य कर्ण बहादुर भण्डारी(विराट) लगाएतका नेताहरुको समेत सहभागिता रहेको  छ । जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप)को अध्यक्षतामा शुरु भएको कार्यक्रममा कार्यक्रताहरुले सुझाव दिने कार्यक्रम समेत रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित