पचालझरनालाई असोजमा पूर्ण सरसफाई युक्त गाउँ पालिका घोषणा गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकालाई आगामि असोजमा पूर्ण सरसफाई युक्त गाउँ पालिका घोषणा गरिने भएको छ ।

पचालझरना गाउँ पालिकाको यस वर्षको गाउँ सभाले गरेको निणर्यलाई कार्यन्वयन गर्न मंगलवार बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले भाद्रमा सरसफाई अभियानलाई तिव्र पार्नेे र असोज पहिलो साता वडा स्तरमा पूर्ण सरसफाई युक्त वडा घोषणा गर्ने र असोज दोस्रो सातामा गाउँ पालिकालाई पूर्ण सरसफाई युक्त गाउँ पालिका घोषणा गर्ने बताउनु भएको छ ।

साथै कार्यपालिका बैठकले यस अघि शिक्षा शाखाले निर्देशन गरे अनुसार भाद्र १५ देखि विद्यालय संचालन ल्याउने समेत निर्णय पारित गरेको बताउनु भएको छ ।
यस अघि पचालझरना गाउँ पालिकाले मेरो आंगन मेरो पहिचान भन्ने मुल नाराका साथ हरेक नागरिकले स्वस्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न सरसफाईमा प्राथमिकतामा राखेको बताइएको छ ।

कोभिड १९ महामारीका कारण गएको वर्ष घोषणा गर्ने भनिएको पूर्ण सरसफाई युक्त गाउँ पालिका यस वर्ष घोषणा गर्न लागिएको पचालझरना गाउँ पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित