कालीकोट । सान्नित्रिवेणि गाउँ पालिकाले लगनशिल विद्यार्थिलाई ५० हजार छात्रबृति प्रदान गरेको छ ।
शिक्षा शाखाको सहयोगमा सान्नित्रिवेणि गाउँ पालिका मुम्रा निवासि एक छात्रलाई ५० हजार छात्रबृति प्रदान गरिएको बताइएको छ ।
डांफे माध्यमिक विद्यालयका शिक्षक र अभभिावक कर्ण धामिको उपस्थितिमा कक्षा ९ मा अध्ययनरत मनराज धामिलाई उक्त सहयोग गरिएको बताइएको छ । शिक्षक मनराज सिमखाडाका अनुसार शिक्षा शाखाबाट उपलब्त्र भएको उक्त रकम अभिभावकको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
धामि अनुशासित, लगनशील, र पढाईमा अब्बल छात्र भकाले छात्रवृत्ति वापत आएको रकम विद्यालयले हस्तान्तरण गरेको बताइएको छ ।
सान्नित्रिवेणि गाउँ पालिकाले शिक्षा ऐन जारी गरेर शिक्षामा परिवर्तन ल्याउने योजना बनाएको शिक्षा शाखा प्रमुख मोहनविर धामिले बताउनु भएको छ ।
Discussion about this post