कालीकोट । पछिल्लो समयमा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर नै चल्न थालेको छ । जिल्लाका ग्रामिण क्षेत्रमा गतिविधि तिव्र पारेको माओवादी केन्द्रले संगठन सुदृढलाई व्यापक बनाएको छ । सोही क्रममा नरहरिनाथ गाउँ पालिकाको वडा न.६ माल्कोटमा गरिएको वडा भेलामा विप्लव नेकपाका एक दर्जन कार्यक्रताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
सो कार्यक्रममा नेपालि कांग्रेसबाट एक दर्जन गरेर दुई दर्जन बढि कार्यक्रता माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ । माओवादी केन्द्र नरहरिनाथ गाउँ कमिटिले गरेको कार्यक्रममा स्थानिय नेता तथा कार्यक्रता प्रवेश गरेको नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य अग्र बहादुर विष्ट सुनिलले बताउनु भएको छ । वहाँका अनुसार प्रवेश गर्नेमा विप्लव नेकपाबाट नरपति विक, सदे वि क,रत्न विक, भिउसे विक,राजु विक,विरजिते विक,नन्द विक,गमे विक, चन्दसिंह विक,रविन्द्र,दिले, काली गोरिकला विक रहेको बताइएको छ ।
त्यसै गरी नेपालि कांग्रेसबाट गोपि दमाई,नेत्र बोहोरा,मंगल बटाला,हिक्मत शाही,सुरेन्द्र शाही,कमल बटाला,विमल बटाला रहेका छन भने नेकपा एमालेबाट डव्वले बटाला र राप्रपाबाट जगत बटाला लगाएत तिन दर्जन नेता कार्यक्रताहरु प्रवेश गरेको बताइएको छ ।
नव प्रवेशिहरुलाइ नरहरिनाथ गाउँ पालिका उपाध्यक्ष मनशोभा बुढा,माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य अग्र बोगटी(सुनिल)नरहरिनाथ गाउँ पालिका वडा न. ६का वडा अध्यक्ष तथा दलित मोर्चाका जिल्ला संयोजक तुलराज विक लगाएतका नेताहरुले अविर आवरण सहित खादा लगाएर स्वागत गरेको बताइएको छ । नरहरिनाथ गाउँ पालिकाको माल्कोट जनयुद्धको उद्गम स्थल तथा विद्रोहको क्षेत्र हो ।
जुन गाउँबाट शैक्षिक पेशाबाट राजनैतिक क्षेत्रमा अघि बढेको पूर्व नागरिक तथा उड्यान मन्त्रि तथा हालका विप्लव नेतृत्वका नेकपाका प्रवक्ता खडगबहादुर विक(प्रकाण्ड)को गाउँ हो । यस अघि माल्कोटमा २०७० सालको स्थानिय तहको निर्वाचनमा मतदानमा जनताले प्रतिरोध गर्दा एक जनाको ज्यान गएको थियो ।
#तस्विर मनशोभा बुढाको फेसबुक वालबाट
Discussion about this post