रास्कोट नगरपालिकाले २ हजार युवालाइ रोजगारी दिने

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । रास्कोट नगरपालिकले आगामी आर्थिक वर्षमा २ हजार युवालाई रोजगारी दिने भएको छ ।
आर्थिक वर्ष २०७७/०७८का लागि तिन किसिमले गर्ने योजना अगाडी बढाउने रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ । रास्कोट नगरपालिकामा हाल ४ हजार ५ सय विदेशियका युवा तथा वयस्कहरुको आगमन भएकाले ति मध्ये २००० युवा मजदुरहरु रहेकाले ति सबैलाई राजगोरीको अवसर प्रदान गर्ने प्रमुख बरालको भनाइ रहेको छ । वहांले भन्नु भयो युवा श्रम रोजगार बैंकमा हाल रहेको २ सय ६० जनामा जोडेर एक हजार पुगाउने लक्ष्य लिएका छौं त्यसका साथै अन्य मजदुरहरुलाई दिर्घकालिन तथा अल्पकालिन मौषमि रोजगार दिने समेत योजना तय हुने छ ।


“रोजगार,स्वस्थ्य र खाद्य सुरक्षाका कार्यक्रममा केन्द्रित भएर आगामी वर्षका योजनाहरु अगाडी बढ्छन । अहिले भारत बाट आएका ४५०० नागरिकहरु मध्ये त्यस भित्रका २००० युवा मजदुरहरुलाइ रोजगारी दिने छौं । रोजगार अन्तरगत दिर्घकालिन र मौषमि रोजगार दिने तयारीमा रास्कोट नगरपालिका लागेको छ ।”


नगर प्रमुख बरालले खाद्य सुरक्षा अन्तरगत कृषि क्षेत्रमा जमिन बांझो नराखेर सबै नागरिकहरुलाइ उत्पादनको लाइनमा लिने हो त्यसका लागि मौषमि रोजगारी अन्तरगत अर्गानिक कृषि उत्पादन बढाउन योजना तय गरिने छ । युवा मजदुर लाइै दिर्घकालिन रोजगार र वयस्कहरुलाइ मौषमि आयोजनाहरु संचालन गरेर रोजगार दिने तिनिहरुलाई सिप विकास तालिम दिइ फापर,आलु,स्याउ लगाएतका फलफुलको उत्पादनमा जोड दिने तयारीमा छौं ।

कृषिमा आत्मनिर्भर बनाउनका लागि बाह्य आयतित खाद्यन्नको संगै कृषिमा उत्पादित वस्तुलाई बाहिर लैजाने काम अगाडी बढाउन लागि परेको छौं । नगरपालिकाले कृषि उत्पादनलाई बजारको सुनिश्चित गर्ने र बस्तुबिनिमयका आधारमा कृषकबाट खरिद गर्ने र कृषकहरुलाई आवश्यक पर्ने उपभोग्य वस्तुको माग संकलन गरी व्यवस्थापन गरिने छ । त्यसका साथै नगरपालिकाका नागरिकहरुलाई स्वस्थ्य क्षेत्र समस्या आउन नदिनका लागि नगरमा १५ सैयाको अस्पताल निर्माण गर्ने,प्रत्येक वडामा स्वस्थ्य इकाइलाई पूर्ण व्यवस्थापन गर्ने र कुनै पनि रोगको निदानमा अभाव हुन नदिने समेत नगर प्रमुख बरालले दावि गर्नु भएको छ ।

रास्कोट नगरपालिकाका युवाहरुलाई युवा श्रम रोजगार केन्द्र निर्माण गरी विकास निर्माणमा लगाएर चर्चामा रहेको रास्कोटमा प्रत्येक वडामा सडकको पहुंच पुगाइ यातायातको सुविधा, नागरिकहरुको जिवनमा परिवर्तन ल्याउन जिवन प्रवद्धन कार्यक्रम,स्याउ जोनका साथै रास्कोटमा उत्पादित वस्तुको निर्यातका लागि कतार लगाएतका देशमा पैठारीको व्यवस्थापन शुरुवात गरेको छ ।

विधि प्रक्रिया अनुसार अगाडी बढेको रास्कोटले श्रम रोजगार बैंक परिचालन कार्यविधि बनाएको छ भने अहिले क्वारेन्टाइन परिचालन तथा व्यवस्थापन कार्यविधि बनाई सोही अनुसार व्यवस्थापन गरेको रास्कोट नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित