पचाभलझरनामा क्वारेन्टाइन व्यवस्थापन गर्न युवा परिचालन

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लामा क्वारेन्टइन व्यवस्थापनमा अस्तव्यस्त भइरहेको आवाज उठिरहदा पचालझरना गाउँ पालिकामा भने युवाहरुको विपद व्यवस्थापन समिति मार्फत समस्याको समाधान हुने गरेको छ ।
गाउँ पालिकामा रहेका ३ वटा क्वोरन्टाइन बसेका नागरिकहरुलाई पांच/पांच जना युवाको विपद व्यवस्थापन समिति र वडा अध्यक्षको नेतृत्वमा छुट्टै तयारी तथा समस्या निराकरणका लागि सुरक्षा निकाय,स्वस्थ्य कर्मि लगाएतका सरोकारवाला प्रतिनिधिहरुको सहभागितामा समिति बनाइएको वडा न. ८ का अध्यक्ष डम्बर टमट्टाले बताउनु भएको छ । आफुले ८ न.वडामा रहेको विद्या मन्दिर आधारभुत विद्यालय वयाला गोठीमा पहिलो चरणका ४२ जनालाई घर पठाएर दोस्रो चरणका १२ जनाको अहिले तयारीमा रहेको बताउनु भएको छ । त्यसै गरी पचालझरनाका सबै क्वोन्टाइनमा युवा परिचालन गरी समस्याको समाधान गर्न सहज गरेको गाउँ पालिका प्रवक्ता अनरुप रोकायाले बताउनु भएको छ ।


अहिले ज्ञानोदय मावि राम्नाकोटमा ७९ जना,कालिका देवि आधारभुत विद्यालय कोटिलामा ४३ र विद्यामन्दिर आधारभुत विद्यालयमा १२ जना गरी १ सय ३४ जना क्वारेन्टाइनमा रहेको बताइएको छ । सबै क्वारेन्टाइनमा खानाको व्यवस्थापनका लागि आ आफ्नो समुह भित्र छुट्टै मेस संचालन गर्न चाहेमा व्यवस्थापन गर्ने गरिएको प्रवक्ता रोकायाले बताउनु भएको छ ।
सबै क्वारेन्टाइनमा प्रत्येक वडाका अध्यक्षहरुका साथै सुरक्षा कर्मि,स्वस्थ्य कर्मिहरुको निरन्तर उपस्थित रहने गरेको छ भने क्वारेन्टाइनमा समस्या नआउन दिनका लागि गाउँ पालिका अध्यक्ष, खडगराज सेजुवाल, उपाध्याक्ष तारा न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत शिब कुमार पौडेलको अनुगमन निग्रानि हुने गरेको छ । अहिले सम्म कुनै पनि समस्याहरु आउन दिएका छैन ।सबै समस्या समाधान गर्न लागि परेको वडा न.९का अध्यक्ष जोरे तिरुवाले बताउनु भएको छ । पचालझरना गाउँ पालिकाले तिन वटा क्वारेन्टाइनका व्यवस्थापन विद्यालयमा गर्दै आएको छ ।


क्वारेन्टाइनमा व्यवस्थापनमा कुनै पनि समस्या नरहेको एउटै क्वारेन्टाइनमा मन मिल्नेहरुको छुट््टै भान्छा बनाउन मिल्ने गरी व्यवस्थापन गरिएको एक सहभागिले बताएका छन । उनले भने आफु पचालझरना १को बासिन्दा हुं बाहिर भने जस्तो रहेन छ भारतमा हुंदा नेपालका क्वारेन्टाइनमा उचित व्यवस्थापन नभएको सुनेको थिए । तर सबै व्यवस्थापन राज्यले गरेकोमा पचालझरना गाउँ पालिकालाई धन्यावाद दिएका छन ।


पचाझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल पचालझरना गाउँ पालिकामा स्वरोजगार कायम गर्न र विकास निर्माणका कामलाई व्यस्थित पार्दै आत्मनिर्भर बनाउनका लागि एक हजार बढि युवाको टिम परिचालन गर्ने तयारी गरेको बताउदै कोरोना रोकथामका लागि पनि युवाहरु परिचालन गरेको छौं । त्यसका साथै प्रत्येक क्वारेन्टाइनमा साविकका वडा अध्यक्ष,सुरक्षा कर्मि,स्वस्थ्य कर्मि र कर्मचारीहरुको सामुहिक समन्वय समिति गठन गर्नुका साथै युवाहरुको विपद व्यवस्थापन समिति मार्फत २४ घण्टा खट्ने गरी टोलि परिचालन गरिएको बताउनु भएको छ ।
उता पलांताको सरस्वति मावि राडुनेटामा रहेका भुवन बमले टोलिफोन मार्फत आफुहरुलाइ जनप्रतिनिधिहरुले व्यवस्थापन गर्न नसकेको भनेका छन । उनले टोलिफोन मार्फत व्यवस्थापनका लागि गाउँ पालिका अध्यक्ष र वडा अध्यक्षलाई फोन गर्दा नउठाउने गरेको र व्यवस्थापनका लागि माग राख्दा जनप्रतिनिधिहरु नजिन नआएको बताएका छन । त्यसै गरी शुभकालिकामा जंगलमा बनाइएका क्वारेन्टाइनहरुमा रहेकाहरुले पानि पर्दा आफुहरुलाई समस्या आएको व्यवस्थापनमा अभाव रहेको बताएका छन । नरहरिनाथ गाउँ पालिकाले जिल्ला सदरमुकाम मान्ममा व्यवस्थित होटेलहरुमा आफ्ना नागरिकहरुलाइ राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित