खानपिनमा विप्लव : लोकल खसी र भाले ?

7
SHARES
15
VIEWS

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक तनहुँ जिल्लाको बन्दिपुरमा सम्पन्न भएको छ ।

३ वर्ष भूमिगत भएको र तत्कालीन प्रधानमन्त्री केपी ओलीको हातबाट टीका लगाएर खुला राजनीतिमा प्रवेश गरेको विप्लव समूहको बैठक तामझामका साथ सम्पन्न भएको हो ।

बैठकका नाममा विप्लव करीव १० लाख सिध्याएको चर्चा छ । बैठकमा केन्द्रीय सदस्य र उनीहरूको सुरक्षाकर्मी, गाडीका ड्राइभर आदिको गरि करीव १ सय जनाको उपस्थिति रहेको थियो । तर, विप्लव समूहले हिसाब कितावका विषयमा केही भनेको छैन । बैठकका लागि बन्दिपुरमा तिर्ने पैसा विप्लव समूहले कहाँबाट ल्याएका हुन् प्रश्न उठेको छ ।

बन्दिपुर पर्यटकीय हिसावमा निकै राम्रो स्थानमा मानिन्छ । बन्दिपुरका होटेल तथा लजहरू तुलनात्मक रुपमा महँगा छन् । खानपान पनि अलिक महँगो नै छ ।

कथित सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने बताउँदै आएको विप्लव समूहलाई ५ दिनसम्मको खर्च कसले दियो ? प्रश्न उठेको छ । विप्लवका नेता कार्यकर्ताहरूलाई प्रत्येक दिन एउटा खसी, खाजामा अण्डा, कहिले मकैको आटो (ढिँडो), लोकल कुखुराको झोल आदिको व्यवस्था रहेको एक नेताले बताएका छन् ।

खाना खानुपर्छ । तर, सर्वहारा जनताको आवाज उठाउने भन्ने, विलासी जीवनको विरोध गर्ने आफू भने बन्दिपुर जस्तो ठाउँमा पुगेर खानाका परिकारसहित बैठक गर्ने भनेर विप्लव समूहमाथि प्रश्न उब्जिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित