तिन वर्ष जेलजिवन विताएका पचालझरनाका प्रमोदको कस्तो छ ? राजनैतिक यात्रा :

7
SHARES
15
VIEWS

कालीकोट । २०५६ सालमा ज्ञानोदय मावि राम्नाकोटमा अध्ययन गर्ने सिलसिलामा कक्षा ७मा पढ्दै गर्दा तत्कालिन समयमा नेकपा (माओवादी) निकट अनेरास्ववियु(क्रान्तिकारी)को इकाइ कमिटि अध्यक्ष भई राजनैतकि यात्रा शुभारम्भ भएको हो । सो अवधिमा विभिन्न संगठनहरुमा आवद्ध हुनुका साथै २०५७ साल बैशाख ५ गते भएको एरिया सम्मेलनमा अखिल(क्रान्तिकारी)एरिया कमिटि सदस्यको जिम्मेवारी पुरा गरेको ।२०५८ बैशाख २३ गते पार्टीमा पूर्ण कालिन भएर काम गरेको सो समयमा संगठनको एरिया कमिटि सचिवका साथै पार्टी सदस्यको भुमिकामा रहदै सोही वर्ष एरिया कमिटि अध्यक्ष ।

२०५९ साल माघमा संगठनको जिल्ला कमिटि सदस्य,पार्टीको एरिया कमिटि सदस्य भएको । २०६० साल साउन २३ गते पार्टीले संचालन गरेको एकिकृत जनप्रतिरोध अभियानका क्रममा सुदुरपश्चिममा संगठन विस्तारको अभियानको नेतृत्व गर्दै अखिल(क्रान्तिकारी) केन्द्रिय समितिले तय गरेका ६० सुत्रिय माग पत्र र बजांग जिल्ला कमिटिको १३ सुत्रिय माग पत्र पेश गर्ने क्रममा शान्ति वार्ताको समयमा बझांग जिल्लामा गिरफ्तार परी २०६३ अषार ३ गते (तिन वर्ष) सम्म जेल जिवन ।

२०६३ जेल मुक्त भइसकेक पछि २०६३ साउन २७ गते भएको संगठनको जिल्ला सम्मेलनमा कालीकोट जिल्ला समितिको सचिव निर्वाचित हुंदै २०६३ असोजमा पार्टीको जिल्ला कमिटि सदस्य,२०६४ असोजमा विद्यार्थि संगठनको जिल्ला अध्यक्ष,२०६५मा संगठनको केन्द्रिय सदस्य,२०६७मा संगठनको केन्द्रिय सचिवालय सदस्य,२०६९ सालमा संगठनको केन्द्रिय सचिव, पार्टीको तत्कालिन राज्य समिति सदस्य,२०७३ सालमा पार्टी एकताका क्रममा पार्टीको केन्द्रिय आयेजक कमिटि सदस्य भइ जिम्मेवारी पुरा गरेको ।

२०७४ साल असोजमा वाम गठबन्धनका क्रममा नेकपा एमाले र हाम्रो पार्टी एकिकरणका समयमा तत्कालिन नेकपाको जिल्ला कमिटि सचिवालय सदस्य र पचालझरना गाउँ कमिटि अध्यक्ष ।२०५६ साल देखि २०७४ सम्म विद्यार्थि संगठनमा काम गर्दै २०७४ असोज देखि संगठनबाट विदाई भएको ।हाल नेकपा विभाजन पछि पुनरस्थापित नेकपा माओवादी केन्द्रको जिल्ला सचिवालय सदस्य र पचालझरना गाउँ कमिटि अध्यक्षको जिम्मेवारी पुरा गर्दै आएको बताउनु भएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित