पचालझरनमा देउडा महोत्सव ४ दिन सम्म संचालन हुने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले आयोजना गर्न लागेको पचालझरना देउडा महोत्सवको तयारी अन्तिम चरणमा पुगको छ ।

यस वर्षको दशैंको अगाडी गर्न लागेको देउडा महोत्सवमा स्थानिय ख्याति प्राप्त खेलाडी तथा कलाकारहरुको उपस्थितिमा ४ दिन सम्म पालिका केन्द्र पणेक्षामा संचालन हुने छ । असोज १५ देखि १८ गते सम्म संचालन हुने देउडा महोत्सवमा स्थानिय देउडाहरुलाई समेत प्राथमिकता दिने बताइएको छ ।

कर्णालि प्रदेश कला साहित्य प्रतिष्ठान तथा कला सांस्कृतिक संरक्षण प्रतिष्ठान सुर्खेत आयोजक रहेको देउडा महोत्सवका् पचालझरना गाउँ पालिकाको सहयोगमा संचालन हुने बताइएको छ । पचालझरना गाउँ पालिकामा रहेको एसियाको अग्लो पचालझरना, पंगेलि दह,बयलझरना तथा अन्य पर्यटकिय क्षेत्रको अवलोकन गर्न सकिने बताइएको छ ।

पचालझरना गाउँ पालिकाका अनुसार पचालझरनामा भएको स्थानिय लोक संस्कृतिको संरक्षण तथा प्रवद्धन, कर्नालि प्रदेशमा रहेका देउडा खेलाउडाहरुको सहभागिताका साथै झोडा,मागल लगाएतका कलाहरु प्रस्तुत गरिने बताइएको छ ।

यस अघि विभिन्न महोत्वि भएपनि पचालझरना गाउँ पालिकाले देउडा महोत्वि गर्न लागेको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ । वहाँका अनुसार पचालझरनाका पर्यटकिय क्षेत्र र संस्कृतिको संरक्षणका लागि देउडा महोत्सव गर्न लागिएको बताउनु भएको छ ।
उक्त महोत्सवको उद्घाटन कर्नालि प्रदेशका मुख्यमन्त्रि महोन्द्र बहादुर शाहीले गर्ने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित