पचालझरनामा डाक्टर किरनको उपस्थितिमा चिकित्सा सेवा

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनामा जिल्ला स्वास्थ्य कार्यालय कालीकोटकि चिकित्सा शाखा प्रमुख ड किरन शाहीको उपस्थितिमा स्वास्थ्य जाँच शुरु हुने भएको छ ।  जिल्ला स्वास्थ्य सेवा कार्यलय कालीकोटले चिकित्सा सेवा शुरु नभएका जिल्लाका तिलागुफा नगरपालिका,शुभकालिका,सान्नित्रीबेणी र पचालझरना  गाउँ पालिकामा डाक्टर को उपस्थितिमा चिकित्सा सेवा दिने निर्णय भए संगै पहिलो पटक चिकित्सा सेवा शुरु गर्न लागिएको बताइएको छ । पचालझरना गाउँ पालिका प्रशासनिक प्रमुख कमल बमका अनुसार सोम बिहान स्वास्थ्य जाचका लागि डाक्टर किरन शाही पचालझरना आइपुगेको बताउनु भएको छ । वहाँका अनुसार महिनामा एक हप्ता गाउँ पालिकामा सेवा दिने भएपछी स्थानीयमा खुशियाली छाएको बताउनु भएको छ । पचालझरना गाउँ पालिकामा५ सैयाको अस्पताल बन्ने क्रममा रहेकाले अहिले चिकित्सकको दरबन्दि नभएपछी जिल्ला स्वास्थ्य कार्यालयले थालेको यस अभियानले समुदायमा ठुलो राहत हुने पचालझरना स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र संज्यालले बताउनु भएको छ । वहाँले भन्नू भयो अब चिकित्सा सेवा लिन सदरमुकाम लगाएतका अन्य क्षेत्रमा धाउन नपर्ने बताउनु भयो ।  डाक्टर किरन शाही खाडाचक्र २ मान्म निबासी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित