कालीकोटमा एमाले र एसमा कार्यक्रता तानातान

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा (एमाले) औपचारिक रुपमा विभाजन संगै नयाँ पार्टी दर्ता भएपछि पछिल्लो समय कार्यक्रता तानातान गर्ने होडबाजि नै चलेको छ ।

नेता कार्यक्रताहरु आफ्नो पक्षमा तान्नलाई कार्यक्रताहरु निकै लागि परेका छन । यस अघि निर्वाचन कार्यालयमा बुहमत पुगाएको नेकपा (एकिकृत समाजवादी) कालीकोटले गाउँ अभियान तिव्र पारेको छ ।

आफ्नो पक्षमा कालीकोटको जनमत तयार गर्न एकिकृत समावजादी लागि परेको छ भने एमाले पनि आफ्नो विगत देखिको विरासत एमाले र चुनाव चिन्हको कुरालाई लिएर गाउँ अभियान तिव्र पारेको छ । कार्यक्रता कसरी आफ्नो पक्षमा तान्ने भनेर दुवै पार्टी लागि परेका छन ।

त्यस्तै घटना भएको छ नरहरिनाथ गाउँ पालिकामा । नरहरिनाथ गाउँ पालिकाका मन बहादुर विष्ट र चक्र बहादुर विष्ट असोज ८ गते नेकपा(एमाले)मा रहेको विज्ञप्ति निकालेको ठिक ३ दिन अर्थात असोज ११ गते एकिकृत समाजवादीमा रहेको विज्ञप्ति निकालेका छन ।

जिल्लामा नेकपा(एमाले)मा पार्टी अध्यक्ष नगेन्द्र शाही नेश्नल,उपाध्यक्ष रमेश शाही लगाएतका नेताहरु रहेका छन भने एकिकृत समाजवादीमा साविकको एमालेमा रहंदाका सचिव चित्रसिंह गाउँले,उपसचिव कमल शाही र पूर्व सांसद तुलाराज विष्ट,कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रि कुर्मराज शाही लगाएतका नेताहरु रहेका छन ।

दुवै पक्षले कलाीका्ेटमा आ आफ्नो पक्षमा बुहमत रहेको दावि गरेका छन । उक्त दाविले आगामि निर्वाचनले मात्र फैसला गर्ने बताइएको छ ।

नेकपा एकिकृत समाजवादी कालीकोटले आ आफ्नो कार्यालयको भवन समेत सिलान्यास गरिसकेको छ । राजनैतिक भेटघाट तिव्र पारेको समाजवादीले बहुमत जुटाउन लागि परेको छ भने नेकपा एमाले पनि विरासत जोगाउनका लागि निकै कष्ट गरेको देखिएको छ ।

कालीकोटमा नेकपा एमाले रहदाको जिल्ला कमिटि मध्ये बहुमत पक्ष आफु संग रहेको सचिव चित्रसिंह गाउँलेको दावि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित