काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरु गरेको छ ।सरकारले समाजकल्याण परिषदका पदाधिकारीहरुको राजिनमा स्विकृत गरेको छ ।
सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मन्त्रिपरिषदले समाजकल्याण परिषदका पदाधिकारीहरुले दिएको राजीनामा पनि स्वीकृत गरेको जानकारी दिएका छन् ।
त्यसैगरी, सरकारले वीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ ।
यस्ता छन् सरकारका अन्य निर्णयहरुः
- सरकारले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृती दिएको छ ।
- रासायनिक मल नियन्त्रण, दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने ।
- तेजाव लगायतका घातक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृत दिने ।
- नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।
- शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माण गर्न सरकारी जग्गा लिजमा उपलव्ध गराउने ।
- समाजकल्याण परिषदका उपाध्यक्ष पद्मप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी, सदस्यसचिव पुष्कर खाती तथा सदस्यहरु मणिराम बञ्जाडे,गोविन्द बहादुर शाही, नानीमाया थापा, ब्रम्हध्वज गुरुङ र शुशीला ज्ञवालीको राजीनामा स्वीकृत गर्ने ।
- वीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने ।
- गुल्मीका विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने ।
Discussion about this post