महाबैमा माओवादी केन्द्र निकट जनबर्गिय संगठनको सम्मेलन

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा माओवादी केन्द्रको महाबै गाउँ पालिकाम जनबर्गिय संगठनको प्रथम पालिका स्तरीय सम्मेलन सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र कर्नाली प्रदेश कमिटी सदस्य तथा अनेमसंघ (क्रान्तिकारी) को केन्द्रिय सदस्य गंगा खड्काको उपस्थितिमा गाउँ सम्मेलन गरिएको हो । उक्त कार्यक्रममा कर्नाली प्रदेश कमिटी सदस्य शैलेन्द्र,महाबै गाउँ कमिटी इन्चार्ज खेम बहादुर सिंह,दलित नेता दिनेश चदाराको समेत उपस्थिति रहेको थियो ।

सो सम्मेलन बाट दलि मुक्तिमोर्चा को अध्यक्ष दरन बि क सहित ३५ सदस्य गाउँ कमिटी गठन भएको छ भने महिला संगठन सृजना शाहि को अध्यक्ष रहने गरि ५५ सदस्य कमिटी रहेको बताइएको छ  ।

किसान संगठनमा कमरेड दर्शन अध्यक्ष रहेको २५ सदस्य कमिटी गठन गरिएको नेकपा  माओवादी केन्द्र महाबै गाउँ कमिटी इन्चार्ज खेम बहादुर सिंहले जानकारी दिनु भएको छ । निर्बाचित कमिटीलाई प्रमुख अतिथी गंगा खड्का, शैलेन्द्र लगाएतका नेताले बधाइ मन्तब्य दिनु भएको थियो  । जिल्ला भर महिला,किसान तथा दलित संगठनको नेतृत्व चयन गर्ने क्रम बढेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित