कालीकोट ।पचालझरनामा भएको पहिलो देउडा महोत्सव शुरु भएको छ । कर्नाली प्रदेश सरकार को पुर्ब भुमी ब्यबस्था,कृषि तथा सहकारी मन्त्री बिमला केसिले ब्यानर पढेर उद्घाटन गर्नु भएको हो । उक्त महोत्सवमा रास्कोट नगर पालिका उप प्रमुख मिमसरा बम,पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवाल, उपाध्यक्ष तारा न्यौपाने, नेकपा माओवादी केन्द्रका पचालझरना इन्चार्ज देबराज शाही लगाएतका नेताहरुको सहभागिता रहेका छन । त्यसै गरि देउडा महोत्सवमा अछामी देउडा खेलाडी बिमला बुढा,स्थानीय कलाकार तथा स्थानीय मागल झोडा लगाएतका प्रस्तुति हुने आयोजकले बताएको छ । कर्नाली प्रदेश लोक सांस्कृतिक साहित्य प्रतिस्ठान आयोजक रहेको महोत्सवमा पचालझरना गाउँ पालिकाको सहयोगमा संचालन भएको बताइएको छ।
Discussion about this post