महाबैमा समाजवादीको १५१ सदस्य गाउँ कमिटि गठन, अध्यक्षमा दर्शन शाही

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा (एकिकृत समाजवादी)ले महावैमा गाउँ कमिटि घोषणा गरेको छ ।

महावै गाउँ कमिटिमा दर्शन बहादुर शाही अध्यक्ष सहित एक सय ५१ जना सदस्य रहेको गाउँ कमिटिमा उपाध्यक्षमा दन्ता शाही,सचिवमा अनि बहादुर शाहीलाई जिम्मेवारी दिएको बताइएको छ । त्यसै गरी कार्यालय सचिवमा चक्र शाहीलाई छनोट गरेको एकिकृत समाजवादीका जिल्ला सचिव चित्र सिंह गाउँलेले बताउनु भएको छ । एकिकृत समाजवादी कालीकोटले महावै गाउँ पालिकामा ९१ सदस्य अहिले भेला भएको र बांकी सदस्य पछि थप्ने गरी १५१ सदस्य गाउँ कमिटि घोषणा गरेको हो ।

उक्त पार्टी प्रशिक्षण तथा भेला कार्यक्रमले उत्पिडित जाति मुक्ति समाजको संयोजकमा जैमाने तिरुवाको अध्यक्षतामा ७१ सदस्य गाउँ कमिटि समेत गठन भएको हो ।

पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) कालीकोटका अध्यक्ष विश्वराज बमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि चित्रसिंह गाउँले, महाबै गाउँ गाउँ पालिका महावै गाउँ पालिका वडा न.२ का अध्यक्ष गौंकला सिह वडा न. ५ का अध्यक्ष धर्मराज शाहि, खाडाचक्र नगरपालिका वडा न. ४ का अध्यक्ष धनसिह बि क,८ का अध्यक्ष आधिचन्द चैलागाई, तिलागुफा नगर कमिटी अध्यक्ष पुर्ण बहादुर शाहि बिधाथी नेता लक्ष्मण शाहि अमीत शाहि हिक्मत शाहि लगाएतको सहभागिता रहेको बताइएको छ ।

जिल्लाभर अभियानलाई तिव्र पारिएको सचिव गाउँलेले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित