पचालझरनामा शहिद वेपत्ता र घाइतेहरु सहकारीमा आवद्ध हुंदै

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा जनयुद्धका शहिद,वेपत्ता तथा घाईते अपांगहरु सहकारीमा आवद्ध हुन थालेका छन ।

कर्नालि प्रदेश सरकारले अघि सारेको सहकारी मार्फत युवा उद्यमि कार्यक्रम अन्तरगत पचालझरना गाउँ पालिकाका वडा न. १ देखि ९ सम्मका शहिद परिवार,घाईते अपांगहरुलाई संगठित गर्दै बचत गर्ने र स साना व्यवसाय मार्फत आत्मनिर्भर बन्न सहकारी मार्फत कार्यक्रम अघि बढाएको शहिद वेपत्ता घाईते अपांग पचालझरना कृषि सहकारी संस्था लि.का अध्यक्ष केश बहादुर शाहीले बताउनु भयो ।

वहाँका अनुसार पचालझरना गाउँ पालिकामा रहेका एक सय जनालाई समुह बनाई बचत गर्न शुरु गरेको बताउदै आगामि दिनमा कर्जा प्रवाह गरेर व्यवसायि बनाउन लागि पर्ने बताउनु भयो । गाउँमा अपांग तथा घाईतेहरु संगठित गर्ने काम शुरु भएको बताउदै समुहका सदस्यहरुलाई बचत पासबुक हस्तान्तरण गर्न थालिएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पचालझरनाका घाईते अपांग तथा शहिद परिवारलाई राहत पुग्ने गरी दिर्घकालिन रुपमा आत्मनिर्भर हुन सहकारी मार्फत विउ पुजि अनुदान दिएकाले सदुपयोग गरेर लगानि गरी आम्दानि लिन अनुरोध गर्नु भएको छ ।

विहवार पचालझरना गाउँ पालिकाको वडा न. ७ नुवाघरमा सदस्यहरुलाई पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पासबुक हस्तान्तरण गर्नु भएको छ । वडा न. १ देखि ९ सम्मका वडाहरुमा ५ देखि ७ सदस्य बचत केन्द्र गठन गरिएको बताइएको छ ।

कर्नाली प्रदेश सरकारले कालीकोट जिल्लामा ३ करोड ५० लाख बजेट पठाएकोमा कालीकोटका ९ वटा स्थानिय तहमा ३० देखि ८० लाखको हाराहारीमा रकम पठाइएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ ।

सोही अन्तरगत पचालझरना गाउँ पालिकामा १ सय ३३ जना सदस्यहरुलाई ३० हजारका दरले ४० लाख रकम प्राप्त भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित