कालीकोट । इन्द्रेणि समाजका प्रख्यात कलाकार छत्र शाहीले काजललाई भगाएर जुम्ला पुगाएका छन । उनकोयस अघि विहेको हल्ला चलेको भएपनि दशैंको मुखमा छत्र शाहीले काजल संग विहेका लागि घरमा पुगाएका हुन ।
उनले जूम्लामा आफ्नै घरमा पुगाएपछि स्थानियले स्वागत गरेका छन । हिमा गाउँ पालिकामा रहेको उनको घरमा छत्र शाही सहित दुलही काजललाई स्वागत(पड्छो) गरेका हुन ।
गाउँमा बाजगाजा सहित स्वागत गर्दै सबै आफन्तहरुलाई छत्र शाहीले आफुले औपचारिक विहे केही समय पछि हुने र आज गाउँमा पड्छो मात्र गरेको बताएका छन ।
उनको पड्छोमा कलाकारहरुको समेत सहभागिता रहेको कलाकार तिलक बुढाले बताएका छन ।
Discussion about this post