कर्णालीमा थप १६ जना,संक्रमितको संख्या ६ सय ५७

7
SHARES
15
VIEWS

सुर्खेत जेष्ठ । कर्णालीमा कोरोना भाइरस संक्रमित थप १६ जना भेटिएका छन् । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा कोरोनाका थप १६ जना संक्रमित भेटिएका हुन् ।

प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको परीक्षणमा दैलेखका १० जना, सल्यानका ५ जना र सुर्खेतका १ जना संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताउनु भएको छ ।

योसँगै कर्णाली प्रदेशमा हालसम्म संक्रमितको संख्या ६ हजार ५७ पुगेको छ । प्रदेशका कुल संक्रमितमध्ये दैलेखमा ३ सय ६७, सुर्खेतमा ९२, सल्यानमा १ सय २४, जुम्लामा २२ कालिकोटमा २९(बाजुराका १ जना गरी), मुगुमा २, डोल्पा १ हुम्लामा १ र जाजरकोटमा ५ जना कोरोना संक्रमित रहेका छन् ।

कर्णाली प्रदेशमा बाहिरी जिल्लाका बाजुरा १, अछाम १०, बझाङ १ जना, हुम्ला १, जाजरकोट १, रामेछाप १ र गोरखा १,  रहेका छन् । कोरोनाका कारणले कर्णालीमा २ जना मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित