कालीकोटमा रेडक्रसले “ढुङ्गेधारा” निर्माण गर्दै

7
SHARES
15
VIEWS

कालीकोट । प्राचीन सभ्यताका लोप हुन थालेको ढुंगाको धारा निर्माणमा रेडक्रस लागि परेको छ । जिल्लाको नरहरिनाथ गाउँ पालिकामा संचालित काम का लागि नगद कार्यक्रम मार्फत उक्त धारा निर्माण गर्न लागिएको हो । मौलिक ढुङ्गेधारा संरक्षण कार्यक्रममा लालु र कुमलगाउँमा धारा निर्माण भईसकेको बताइएको छ । त्यसै गरी कोटबाडाको सुन्थरालि र मजिउनमा बनाउने तयारी भएको रेडक्रस कालीकोटका सदस्य एबम रमा माबी कालासिल्लाका शिक्षक तपेन्द्र महताराले बताउनु भयो । महताराका अनुसार रेडक्रस कालीकोट शाखाको आयोजना तथा लक्जमबर रेडक्रसको सहयोगमा एकीकृत पुन लाभ तथा आपत कालिन  प्रतिकार्य कार्यक्रम मार्फत सो योजना अघिबढेको बताउनु भएको छ ।ढुङ्गेधाराको लागत पनि कम लाग्ने र नमुना काम भएको स्थानीयले बताएका छ्न एक धाराको  लागत ५० देखि ८० हजार सम्म हुने गरेको ढुङ्गे धारा निर्माण उपभोक्ता समिति अध्यक्ष राजपुरा बोहराले जानकारी दिनु भयो । नेपाल रेडक्रस कालीकोट शाखाले नरहरिनाथ गाउँ पालिकाको वडा नम्बर४,५ र ६ मा ३२ लाख लगानीमा सिचाइ कुलो,दुई वटा बिद्यालयमा सैचालय निर्माण गर्नुका साथै गएको बर्ष बाढिले क्षती पुगाएको क्षेत्रमा पहिरो नियन्त्रणको लागि लालु र बागामा जालि सहयोग गरेको थियो भने कोभिडको बेला स्वास्थ सामाग्री बितरण गरेको रेडक्रसले  बिकाश निर्माणका काम समेत गरेपछी स्थानीयमा खुशियाली छाएको कार्यक्रम संयोजक रबि लामिछानेले बताउनु भएको छ । नरहरिनाथ गाउँ पालिकाका रेडक्रस द्वारा निर्मित सम्पूर्ण योजना हेर्न लायक मात्र नभइ नमुना भएको लामिछानेको दाबी छ । रेडक्रस कालीकोटका सभापति बल प्रसाद संज्यालले रेडक्रसको मुल्यमान्यता अनुसार जतिबेला बिपद आउँछ रेडक्रस तयारी अवस्थामा सहयोगमा जुटेको जुट्दै आउने बताउनु भएको छ । नेपाल रेडक्रस कालीकोटले जिल्लाका बिभिन्न ठाउँमा खानेपानी तथा सरसफाइ सम्बन्धि काम गर्दै आउनुका साथै बिपदको सारथि बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित