कालीकोट । खेल क्षेत्रमा उल्लेखनीय योगदान दिदै रास्ट्रीय भलिबल संघको केन्द्रिय उपाध्यक्ष ऐनबहादुर शाही राप्रपा बाट माओवादी केन्द्रमा प्रवेश गरेका छ्न । कर्नाली प्रदेश राजधानी सुर्खेतमा नेकपा माओवादी केन्द्रका उच्च तहका नेतहारुको उपस्थितिमा स्वागत गरिएको हो । सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता कर्नालि प्रदेश इन्चार्ज तथा पुर्बगृह मन्त्री शक्ति बस्नेत,कर्नालिका मुख्यमन्त्री महेन्द्र बहादुर शाही,काली बहादुर मल्ल,रामदिप आचार्य लगाएतका नेताले स्वागत गरेका हुन । राप्रपा कालीकोटको निबर्तमान अध्यक्ष समेत रहेका शाही राजनैनिक यात्रा संगै खेल क्षेत्रमा राम्रो क्षमता भएका ब्यक्ति हुन । उनको माओवादी केन्द्र प्रबेशले कालीकोटमा माओवादी केन्द्रलाइ इट्टा थपिएको बताइएको छ । पछिल्लो समय कालीकोटमा माओवादी केन्द्र प्रबेश गर्नेको संख्या ८ सय बढी नाघेको माओवादी केन्द्र कालीकोटले जनाएको छ ।
Discussion about this post