पचालझरनामा अबैध बाटोबाट आएका योजना प्राथमिकतामा नपर्ने

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ ।आगामी निति तथा कार्यक्रमका लागि बसेको पचालझरना गाउँ पालिकाको बैठक सम्पन्न भएको छ । गाउँ पालिका जनप्रतिनिधिका साथै विषयगत शाखा र संघ संस्थाका प्रतिनिधिहरुको विचमा आज सुझाव लिदै परामर्श बैठक सम्पन्न भएको हो ।

पचालझरना गाउँ पालिकामा कार्यरत संघ संस्थाहरुका कार्यक्रमहरु र विषयगत शाखाका क्रियाकलापहरु माथि छलफल हुनुका साथै आगामि निति तथा कार्यक्रम र बजेट व्यवस्थापनका लागि जेष्ठ मसान्त सम्म प्रत्येक वडा स्तरका योजना तर्जुमा गर्ने र अषाढ २ गते गाउँ पालिकामा केन्द्रिकृत गर्ने गरी छलफल भएको गाउँ पालिका प्रवक्ता अनरुप रोकायाले बताउनु भएको छ । वहांले भन्नु भयो विगतमा अबैध बाटो मार्फत आएका योजनालाई प्राथमिकता नदिने जनस्तरबाट आवश्यक्ताका योजनाहरुलाई मात्र समाबेश गर्ने गरी योजना तर्जुमा गर्नु पर्ने सुझाव आएको बताउनु भएको छ ।

आगामी योजनाका बारेमा सहभागिहरुले आ आफ्ना सुझाव दिएको र गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,उपाध्याक्ष तारा न्यौपानेले त्यस माथिका छलफल गर्नु भएको बताइएको छ । गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको निर्देशमा मंगलवार देखि प्रत्येक वडामा गएर योजना तर्जुमा गरेर मात्र गाउँ पालिकामा योजना समाबेश गरेर त्यहि अनुसारको निति तथा कार्यक्रम बन्ने र बजेट विनियोजन हुने बताउनु भएको छ । पचालझरना गाउँ पालिकाको छैटौं गाउँ सभाको बैठक आगामी अषाढ दोस्रो साता हुने तयारी गरिएको छ ।
त्यसै गरी पछिल्लो समय भारतबाट समुदायहरु आउन थालेपछि क्वारेन्टाइन व्यवस्थापनका लागि पनि छलफल भएको बताउदै त्यसका लागि पचालझरनाको वडा न. १स्थित रुच्कामा रहेको निर्माििधन स्वस्थ्य चौकीमा व्यवस्थापन गर्ने बताइएको छ ।

पचालझरना गाउँ पालिकामा यस अघि तिन वटा विद्यालयमा क्वारेन्टाइनको व्यवस्थापन गरिएकोमा विद्यामन्दिर गोठीका क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाएपछि ज्ञानोद्धय माविका सहभागिहरुलाई स्वस्थ्य परिक्षणको तयारी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित