जिल्ला बाहिरिने संख्या बढ्दै

7
SHARES
15
VIEWS

कालीकोट । दशैको लागि जिल्ला भित्रएका जिल्लाबासी बाहिरिने क्रम बढेको छ । पछिल्लो समय जिल्लाको खाँडाचक्र नगरपालिकाको पुरानो बस पार्कमा यात्रुको भिड बढ्नथालेको छ ।केही समय अघि जिल्ला प्रशासन कार्यालयले बसपार्कलाई ताडी सार्ने भनेपनी भिडभाड भने जिरोप्वाइण्ट तथा  पुरानो बसपार्कमा भिडभाड बढेको हो । टिकट काउन्टर नयाँ बस र्पाक ताडिमा सरेका छन । व्यावसायिक काउन्टरहरु ताडी बस पार्क सरेपछि यात्रुहरु बस पार्क जान टाढा मानेर पुरानो बसपार्क झर्ने र काउन्टर व्यावसायि पनि सम्पर्क गरेर पुरानो बसपार्क मै केन्द्रित हुने गरेका बताइएको छ । जिरोप्वाइटमा यात्रुहरुको भिडबढ्न थालेपछी कोरोना सतर्कता नपनाउदा समस्य बढ्न सक्ने बताइएको छ । काउण्टर ताडी सरेपनी यात्रुहरु टाढा जान नमान्ने भएकाले जिरोप्वाइण्टमा टिकट कारोबार हुने गरेको यातायात ब्याबसायी खगेन्द्र खड्काले बताउनु भयो । अहिले जिल्ला बाहिर जानेको चाप बढेको छ । स्थानीय प्रशासनले गरेको निर्णय कार्यन्वयनमा यातायात ब्यबसायी लागि परेको खड्काको भनाइ छ । अहिले दैनिक जसो ५ सय भन्दा माथी जिल्ला बाहिरिनेको संख्या रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित