एमाले कोहलपुर अध्यक्षमा भुसाल सचिवमा रिजाल

7
SHARES
15
VIEWS

कोहलपुर । देशभर भएको नेकपा एमाले अधिबेशन संगै कोहलपुर नगरअधिवेशनबाट अध्यक्षमा  खिल प्रसाद भुसाल र सचिवमा माधव रिजाल सर्वसम्मत चयन भएका छन ।

कोहलपुर नगरपालिका वडा न.३का वडा अध्यक्ष समेत रहेका रिजाल नगर सचिवमा सर्वसम्मत भएपछि वडाबासिमा खुशियालि छाएको छ ।
विद्यालयबाट राजनैतिक यात्रा सुरु गरेका रिजालले वडाको विकासका लागि अहोरात्र खटिनु भएको बताइएको छ । स्थानियका अनुसार वडाबासिका समस्यालाई पहिलो प्राथमिकतामा राखेर अघि बढेका रिजालले वडा न. ३को शिक्षा क्षेत्र देखि कृषि तथा विकास निर्माणमा फरक पहिचान कायम गरेको दावि गरेका छन ।

सचिव रिजालले वडालाई नमुना बनाए जस्तै कोहलपुर नगरलाई पार्टीको लालकिल्ला बनाउने बताउनु भएको छ ।  उनले आफ्नो कार्यकालमा वडाका सबै घरहरुमा स्वच्छ खानेपानिको हल गर्ने दावि गर्दै आफुलाई पार्टी र जनताले साथ दिएका कारण यो जिम्मेवारी प्राप्त गरेको रिजालको भनाई रहेको छ ।

कोहलपुर नगर अधिवेशनबाट १० जना पछि थप्ने गरी  ६५ सदस्य नगर कमिटि चयन गरिएको छ भने उक्त कमिटिको अध्यक्षमा खिल प्रसाद भुसाल,उपाध्यक्ष नम प्रसाद शर्मा,सचिव माधव रिजाल र उपसचिवमा गोमा खनाल र शान्ति सुनार सर्वसम्मत चयन भएको ३ नम्बर वडा सचिव गोकर्ण महताराले बताउनु भएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित