मधेशबाट पहाडमा घुम्ति व्यवसाय मासिक ४० हजार कमाई

7
SHARES
15
VIEWS

 कालीकोट । दिनभर पिठ्युमा २५ किलो भारी बोकेर गाउँ डुल्नु अनि गाउँका घरमा विग्रेका ग्याँस सिलिण्डर मर्मत गर्नु उनिहरुको दैनिकी हो । पूर्वको समथर जमिनबाट पहाडका उकालि ओरालि गर्दै गाउँमा हिंडेर रोजगारमा निस्केका रौतहटका युवकाको वेग्लै अनुभव छ । कालीकोटको डिल्लिकोटको गाउँमा भेटिएका ति युवकको कथा हो यो ।

रौतहट जिल्लाको क्रिस्रा गाउँ पालिका २ निवासि अशोक शाहको पिठ्युमा २० केजि समान छ । उनि संगै रहेका राजेश महत्तो पनि सोही अनुसार रोजगारमा व्यस्ता भएका छन । उनिहरुको एक मात्र सोच छ रोजगार गरेर १२ देखि १५ घण्टाको कडा परिश्रमबाट हुने कमाई भन्दा स्वदेशमा राम्रो कमाई हुने गरेको बताए ।

अशोक शाहका अनुसार आफुहरु महिनामा ३० देखि ४० हजार कमाइ गर्ने गरेको बताए आफुले यहि ग्यास सिण्डिरहरु मर्मत गर्दै स साना सामाग्रि विक्रि गरेर ११ जनाको परिवार पालन पोषण गर्ने गरेको बताए ।उनिहरुले कालीकोट पूर्वको इलाम भन्दा कम नरहेको बताउदै यहाँको रहन सहन संस्कृति तथा संस्कारले आफुहरु मोहित भएको बताए ।

आफुलाई तराईको पिडा सुनाउदै आफु संग केही नुहंदा भोक भोकै बस्नु पर्ने आवस्था आउछ तर यहाँको सहयोगि भावनाको उच्च कदर गरेको बताए । तराईका सबैको भावना यस्तै भएको भए कति समाज परिवर्तन हुने थियो ।

यहाँका युवाहरुलाई क्यारमबोर्ड खेलेर दिन विताएको देख्दा समयको वर्वाद हुने गरेको महसुस आफुलाई भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित