कालीकोट स्वास्थ्य सेवा कार्यालय प्रदेशकै कार्यसम्पादनमा दोस्रो

7
SHARES
15
VIEWS

कालीकोट । प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीमा कालीकोट जिल्ला  स्वास्थ्य कार्यालय कर्नालिका १० जिल्लामा दोस्रो आएको हो ।  आ व २०७७/०७८ को   सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय समिक्षा गोष्ठीमा कालीकोट जिल्ला कर्नाली प्रदेशको दोस्रो स्थानमा आएको हो। उक्त समिक्षा  गोष्ठीमा  उत्कृष्ट कार्य गरेको भन्दै कालीकोट स्वास्थ्य कार्यालयलाइ प्रशंसा पत्र प्रदान गरिएको छ । प्रशंसा पत्र बुझ्दै जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका स्वास्थ्य सेवा ब्यबस्थापक डाक्टर रत्नबिर सुनारले काम गरेको उचित परिणामको कदर भएको  बताउनु भएको छ ।  त्यसै गरि जनस्वास्थ अधिकृत कटक महतले परिश्रमको फल मिठो हुने गरेको स्मरण गर्दै जिल्ला स्वास्थ्य सेवा कार्यालयको सिंगो टिम र जिल्ला स्थित सबै स्थानिय तहका स्वास्थ्य शाखा लगाएत सबैले गरेको कामको प्रतिफल प्राप्त भएकोमा धन्यवाद दिनु भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लामा पनि कार्यसम्पादनका आधारमा मूल्याकंन गर्दै आएको बताइएको छ ।  स्वास्थ्य निर्देशनालयले आयोजना गरेको प्रदेश स्तरीय वार्षिक समीक गोष्ठीमा स्वास्थ्य कार्यालय कालीकोटले  कुल ४५ अंक ल्याइ स्तरिकरणमा दोस्रो स्थान प्राप्त गरेको बताइएको छ  । स्वास्थ सेवा कार्यालय सुर्खेतले ४८ दशमलव ५ अंक ल्याइ प्रथम आएको छ भने जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेख तेस्रो स्थान ल्याएको बताइएको छ । कर्नालिका सबै भन्दा कम अंक ल्याउने जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्ला रहेको स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ । हुम्लाले ३८ अंक ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित