कर्नालिको नमुना काम हिमचुली सहकारीले गरेको छ – रुकुम पश्चिम प्रमुख शर्मा

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला समन्वय समिती रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले कालीकोटको हिमचुली कृषि सहकारी सस्था लिमिटेडले कर्नाली प्रदेशको नमुना काम गरेको बताउनु भएको छ ।

हिमचुली कृषि सहकारी सस्थाको अनुगमनका क्रममा बोल्दै रुकुम पश्चिमका जिल्ला समन्वय प्रमुख शर्माले कृषि क्षेत्रमा उत्पादन मुलक काम अघि बढाइ जनतामा आत्मनिर्भर हुने गरेर काम अघि बढाउन अनुरोध गर्दै कालीकोट जस्तो ठाउँमा १२ हजार सदस्यहरुमा सेवा दिएकोमा संचालक तथा कर्मचारीलाई धन्यवाद दिनु भएको छ ।

अनुगमनका क्रममा संस्थाको सक्षिप्त विवरण प्रस्तुत गर्दै संस्थाका अध्यक्ष काली बहादुर महताराले जनयुद्ध जगमा यस सहकारी संस्थाको स्थापना भएको ५० जनालाइ प्रत्यक्ष र ३ हजार ५ सयलाइ अप्रत्यक्ष रोजगारी दिएको बताउनु भएको थियो ।

सस्थाका संरक्षक काशी चन्द्र बराल सहितको सहभागितामा गरिएको अनुगमनका क्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामदिप आचार्यको उपस्थितिमा संस्थाको केन्द्रिय कार्यालय,डेरी,कोल्डस्टोरको अनुगमन गर्दै सहकारी सिद्धान्तहरु पुराना भैसकेकाले नयाँ मोडलमा बिकाश जरुरी भएको बताउनु भएको छ ।

समन्वय प्रमुख शर्माले हिमचुली सहकारी समाजबादको मोडल भएको र जनयुद्धको हिसाबले जनताको धनयुद्ध भएको बताउनु भयो । हिमचुली कृषि सहकारी सस्थाका हाल १२ हजार ७ सय सदस्य,३३ करोड लगानी,१३ करोड बचत,९ वटा सेवा कार्यलय,५० जना कर्मचारी रहेका छ्न ।

जिल्ला भर कार्यक्षेत्र रहेको सहकारी २०६५ सालमा हालका रास्कोट नगर प्रमुख काशिचन्द्र बरालले स्थापना गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित