दलित मुक्ती मोर्चा पार्टीको रथको एउटा पांग्रा हो -इन्चार्ज दैलेखि

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल दलित मुक्ती मोर्चाका केन्द्रीय सदस्य तुलराज बिक (दैलेखि)ले वर्ग संघर्षका लागि माओवादी आन्दोलनमा दलित मोर्चा रथको एउटा पांग्रा भएको बताउनु भएको छ । मोर्चाको दोस्रो बैठकलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । दलित मुक्ती मोर्चाको कालीकोट जिल्ला इन्चार्ज समेत रहेका दैलेखिले पार्टीको पुर्जा भएकाले सबैलाइ त्यही ढंगले अघि बढ्न संगठनका सदस्यलाइ अनुरोध गर्नु भयो  । जिल्लाको दोस्रो बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामदिप आचार्यले जनयुद्धमा सबै भन्दा बढी दलितको त्यग तपस्या भएकाले समाजवादी क्रान्तिमा पनि अग्रणी भुमिका निर्बाह गर्ने बताउनु भएको छ । नेपाल दलित मुक्ति मोर्चा कालीकोटको कात्तिक १५ देखि २९ गते सम्म स्थानीय तहका सम्मेलन गर्ने निर्णय भएको जिल्ला संयोजक देउराम बिकले बताउनु भयो । साथै दलित मुक्ती मोर्चा का एक घर एक सदस्य बनाउने र एक टोल एक संगठन निर्माण गर्ने बताइएको छ । साथै मोर्चाले दलित माथि हुने जातीय बिभेदका घटनालाइ मुख्य एजेन्डा बनाइ संघर्षलाई जारी राख्ने समेत निर्णय गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित