कानुन बिदको उपस्थितिमा महाबैमा न्यायिक सचेतना कार्यक्रम गर्दै

7
SHARES
15
VIEWS

कालीकोट । महाबै गाउँ पालिकामा न्यायिक अभिमुखिकरण गरिएको छ । स्थानीय स्तरमा कानुनी प्राबधानका बारेमा अभिमुखीकरण कार्यक्रम गरिएको बताइएको छ  । समुदाय स्तरमा कानुनी ज्ञानको अभाबमा पारेको प्रभाब र आएका कठिनाई सहज गर्न अभिमुखिकरण गरेको महाबै गाउँ पालिका उपाध्यक्ष तथा  न्यानिक समितिका संयोजक मनराज शाहिले बताउनु भएको छ । उपाध्यक्ष शाहिका अनुसार समुदायमा कानुनी अवस्थाका बारेमा काम गर्न सहज र न्यायिक पहुँच वृद्धि गर्न कार्यक्रमले महत्त्व राख्ने बताउनु भयो ।त्यसै गरी महाबै गाउँ पालिका अध्यक्ष नन्द बहादुर सिंहले गाउँ पालिकामा आएर  कानुनि शिक्षा दिन गाउँमा आउने कानुनबिदलाइ धन्यवाद दिनु भएको छ । कानुनी परामर्शका लागी अधिबक्ता  बिष्णु हडखले र उमाकान्त न्यौपानेले सहजीकरण गर्नु हुने भएको छ । अधिवक्ता बिष्णु हड्खलेका अनुसार कसैलाई कानुनी बिषयमा परामर्शका लागि निसुल्क सेवा दिदै आएको बताउनु भयो ।कानुनी परामर्शमा महाबै गाउँ पालिका बाट ३५ जना सहभागी रहेको अधिबक्ता उमाकान्त न्यौपानेले बताउनु भयो ।महाबै गाउँ पालिका स्तरमा अबिभुमिखिरण गरिएको र वडा नम्बर दुई लगाएतका वडामा पनि अभिमुखिकरण गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित