प्रेस सेन्टर महाबै अध्यक्षमा सत्य रोकाया

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको महाबै गाउँ सम्मेलन बाट सत्य रोकायाको अध्यक्षतामा ११ सदस्य गाउँ समिती गठन भएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य रुपेन्द्र ऐडीको उपस्थितिमा भएको पहिलो सम्मेलनमा सो समिती सर्बसम्मत भएको हो । जसमा उपाध्यक्ष दिपक शाही,सचिब दिनेश रावत,कोषाध्यक्षमा संगिता परियार सहित ११ सदस्य पालिका समिती गठन भएको बताइएको छ । प्रथम सम्मेलनमा प्रेस सेन्टर कालीकोटका पुर्ब उपाध्यक्ष गजेन्द्र शाहीले महाबै गाउँ पालिका संचार बिहिन भएकाले पहुँच बढाउन अनुरोध गर्नु भयो ।

त्यसै गरी नेकपा माओवादी केन्द्र महाबैका अध्यक्ष हर्क बहादुर शाहीले प्रेस सेन्टरले महाबैमा भएका गतिविधिहरु बाहिर ल्याउने र पार्टीलाई शिर्ष स्थानमा राखेर जनताका पक्षमा कलम चलाउन अनुरोध गर्नु भएको छ ।

प्रेस सेन्टर नेपालका पालिका सम्मेलन गर्ने क्रममा रास्कोट नगरपालिका,सान्नित्रीबेणी र शुभकालिका गाउँ पालिकामा यस अघि सम्मेलन भइसकेको छ  भने पलाता र महाबैमा आज सम्मेलन भएको बताइएको छ ।महाबैमा भएको सम्मेलनमा सत्य रोकायको अध्यक्षता तथा राजन अधिकारीको संचालनमा भएको थियो ।

प्रेस सेन्टर कालीकोटले कात्तिक २५ गते जिल्लामा तेस्रो जिल्ला सम्मेलन गर्ने भएको छ । प्रेस सेन्टर नेपालले कालीकोटका ८१ वटा वडामा एक वडा एक पत्रकारको अवधारण अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित