नेकपा एमाले बर्दगोरियामा बिबाद

7
SHARES
15
VIEWS

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बर्दगोरिया गाउँपालिकाको प्रथम अधिबेशनमा नेतृत्व चयनमा बिबाद भएपछी अधिबेशन स्थगित भएको छ । उपाध्यक्षमा दलित र महिलालाइ ल्याउनु पर्ने माग बढेपछि विवाद भएको बताइएको छ । अधिवेशनलाई सफल पार्न बौनियामा रहेका पार्टी कार्यालयदेखि बाजागाजासहित र्याली निकालिएको थियो ।
नेकपा एमाले बर्दगोरिया गाउँ कमिटी अध्यक्ष मधुकर सिजापती मगरको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा कैलाली क्षेत्र नम्बर २ का माननीय झपट रावल रहनु भयको थियो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य कर्ण कुवर ,जिल्ला कमिटी सदस्य तथा बर्दगोरिया इन्चार्ज मिथुन गौतम, जिल्ला कमिटी सदस्य जयरुप खतिवडा ,मान बहादुर टमट्टा, द्ववारिका धमाला,गजेन्द्र स्वार, टंक राज ओलि लगाएत नेता कार्यकर्ता हरुको उपस्थिति रहेको थियो अधिबेशनले नयाँ कमिटी चयन गर्ने भनेता पनि ।पदाधिकारीमा बिबाद भएपछि स्थगित भएको र मंगलबार शुरु हुने  जिल्ला कमिटि सदस्य द्वारिकाप्रर्साद धमाला ले बताउनु भयो। बर्दगोरियाले ६ वटै वडामा वडा अधिवेशन सम्पन्न गरिसकेको  एमालेले जनाएको छ । एमालेले मंसिर १० देखि १२ मा चितवनमा दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने जनाएको छ । चितवनमा हुने नेकपा एमालेको १०औं  महाधिवेशनलाई सफल पार्न देशै भरी अहिले अधिबेशन चलिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित