प्रचण्डले कालीकोटको देउसी भैली टोलिसंगै देउडा खेले

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल(प्रचण्ड)कालीकोट काठमाडौ सम्पर्क समितिले आयोजना गरेको देउसी भैलो कार्यक्रममा  सहभागी हुँदै प्रचण्डले फनफनी खेल लगाएको नेकपा माओवादी केन्द्रका कर्नाली प्रदेश कमिटी सदस्य लक्ष्मी चौलागाईं ( शैलेन्द्र)ले बताउनु भयो । देउसिमा सहभागीहरुले प्रचण्डकै भर मानेका छन भन्ने गित गाएपछी प्रचण्ड फुरुंग भएका थिए । पहिलो पटक देउडा खेल लगाएका प्रचण्डले लामो समय खेलमा समय दिएनन । देउडा टोलिलाइ दक्षिणा दिनुका साथै शुभकामना मन्तब्य राख्दै देउसिमा सहभागी मार्फत कालीकोट बासिलाइ शुभकामना दिनु भएको थियो । कालीकोट काठमाडौं सम्पर्क समितिले काठमाडौमा रहेका जिल्ला बासिलाइ एकीकृत पारेर सम्बन्ध गाढा बनाउनुका साथै राजनीतिक गतिबिधिका बारेमा तिब्रता दिएको छ । उक्त देउशी भैलोमा नेकपा माओवादी केन्द्रका नेता एबंम संघिय सांसद दुर्ग राव( उज्ज्वल)रास्ट्रीय सभा सदस्य जीवन बुढा लगाएतका नेता सहभागी रहेको नेता शैलेन्द्रले बताउनु भयो।पहिलो पटक काठमाडौमा कालीकोट बासिले देउसि भैलो खेलेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित