कालीकोटमा बिकाश निर्माणको काम नेकपाले गर्छ-प्रकाण्ड

7
SHARES
15
VIEWS

कालीकोट ।बिप्लव नेतृत्वको नेकपाका प्रबक्ता खडग बहादुर बिक(प्रकाण्ड)ले बिकाश निर्माणका कामलाइ तिब्रता दिने बताउनु भएको छ ।नेकपा कालीकोटले माल्कोटमा आयोजना गरेको कार्यक्रता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रकाण्डले बैज्ञानिक समाजबादका लागि जनतालाइ स्पष्ट पार्न कार्यक्रतालाइ निर्देसन दिनु भएको छ ।  नेता प्रकाण्डले एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजबाद सम्भब भएको दाबी गर्दै नेपालमा जनतालाइ आफ्नो सत्ता छान्न पाउन जनमत संग्रह एक मात्र बिकल्प भएको दाबी गर्नु भएको हो । नेकपा माओवादी केन्द्रका कालीकोट जिल्ला सेक्रेटरी मनिलाल ऐडी( रणदिप)का अनुसार जिल्लामा तीन दिन सम्मा सम्पन्न जिल्लाको बैठकमा जिल्लाको माल्कोटमा नमुना गाउ र सुबिधा सम्पन्न अस्पताल स्थापना,भात्तडी र जारकोटमा फेरि निर्माण गर्ने,लालु लैफु सडक डबल लेन गर्ने, सहिद स्मृति भवन निर्माण,धांचुखोला जलविद्युत संचालन गर्ने र  उज्यालो कार्यक्रम अन्तरगत १ सय ५० घरपरिवारलाई सोलार बितरण गर्ने बताउनु भयो । सो पार्टी प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एटम बिसि,कर्ण भण्डारी,डण्डमान बिक लगाएतका नेताहरुको उपस्थिति रहेको बताइएको छ । नेकपाले नरहरिनाथको खुलालु हुँदै माल्कोट सम्मको ७ सय मिटर सडक निर्माण गर्दै गर्दा पार्टी माथी प्रतिबन्ध पछि स्थगित भएको थियो । अहिले काठमाडौं बाट प्राबिधिक टोलि बोलाइ स्थलगत सर्भे शुरु भएको नेकपाले जनाएको छ । प्रकाण्डका छोरा नरेन्द्र बिक सहितका इन्जिनियरको टोलिले सर्भेका लागि शुरु गरेको सेक्रेटरी रणदिपले बताउनु भयो । उक्त कार्यले सरकारले गर्ने काम प्रतिपक्षी दलले गर्न थाले पछि एक थरीले चर्चामा आउनकै लागि भएको बताएका छ्न । अर्को थरीले प्रकाण्ड को गाउमा केन्द्रित गरेर काम गर्न थालेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित