पलाताका स्वस्थ्यकर्मी बेखबर,छाइलाले जन्माइन कोलियामा छोरी

7
SHARES
15
VIEWS

कालीकोट  ।चर्चामा आउने पलाता सरकारले सबै भन्दा राम्रो गरेको भन्ने समचार आइरहने गरेको भएपनी स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा लापरबाही गरेको पाइएको छ ।पलातामा स्वास्थ्यकर्मी बेखबर हुदा स्वास्थ्य संस्थाको कोलियामा बच्चिको जन्म दिएकी छ्न ।

पलाता गाउँ पालिका वडा नम्बर ८ बेर्सनकोट निवाशी जनबहादुर रोकायाका श्रीमती छाइला रोकायाले  स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुदा कोलियामा छोरीको जन्म दिएकी हुन । सुत्केरी ब्यथा लागे पछि दिउसो ३ बजे स्वास्थ्य संस्थामा लिएको तर कोहि स्वास्थ्यकर्मी नभएपछी कोलियामा बच्चा जन्माउनु परेको जनबहादुर रोकायाले बताउनु भयो । बच्चाको नाबी समेत हसिया प्रयोग गरेर काटेको नयन रोकायले बताउनु भयो ।

उहाले भन्नू भयो आफुले लिने भनेको स्वास्थ्य संस्था हो लिएको अवस्थामा कोहि नभएपछि सुत्केरी कस्टले च्यापेपछि आफुहरु संग कुनि उपाय भएन ?कोलियामै जन्माउनु को बिकल्प नभएको बताउनु भयो । तिहार बिदाको समयमा स्वास्थ्यकर्मी बिदामा जांदा त्यसो समस्या भएको बताइएको छ ।

स्वास्थ्य शाखा पलांताका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेले यस्तो खबरले गम्भीर गराएको बताउनु भयो । संयोजक न्यौपानेले तिनजना स्वास्थ्यकर्मी रहेकोमा दुई जना बिदामा बसेकोमा एक जना बिपना ऐडिले आजको जिम्मा आफुले लिन्छु भनेको बताउदै कोहि नभएपछी समस्या आएको स्विकार गर्दै सुत्केरी जस्तो संबेदनशिल क्षेत्रमा लापरबाही गरेकाले आबश्यक कार्बाही गर्ने बताउनु भयो ।संयोजक न्यौपानले आमा र बच्चाको अवस्था केही समस्या आएको भए कति कठिन हुन्थ्यो? यो सबै भन्दा ठुलो कमजोरी भएको बताउनु भएको छ । अहिले स्वास्थ्यकर्मी संग फोन  सम्पर्क नभएको न्यौपानेको भनाइ रहेको छ ।

कोलियामा बच्चाको जन्म गराइएको तस्बिर सामजिक संजालमा  आए संगै सर्बत्र आलोचना भएको छ । स्थानिय निराजन बमले सबै भन्दा बढी स्वास्थ्य संस्थामा कर्मचारी भर्ती गरेको पलाता सरकारले कोलियामा बच्चा जन्माउनु लाजमर्दो भएको बताउनु भयो ।

त्यसै गरि सामाजिक अगुवा नयन रोकायले बाध्यता कि बिबशता हो ? भन्ने प्रश्न गर्दै नाममा उत्कृष्ट भन्दा पनि काममा नतिजा आउने गरि काम गर्न पलाता सरकारलाइ अनुरोध गर्नु भएको छ । जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले संबेदनसिल क्षेत्रलाइ बेवास्ता नगर्नुपर्नेमा जोड दिनु भएको छ ।

पलाता गाउँ पालिकामा एक १० सैयाको अस्पताल,३ स्वास्थ्य चौकी र ८ वटा स्वास्थ्य इकाइ रहेका छन । स्वास्थ्य संस्थालाइ ३ वटा पुराना गाडी समेत हस्तान्तरण गरेको भएपनी नागरिकले ढुक्क संग स्वास्थ्य सेवा पाउन सकेका छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित