एक वर्ष सम्म पाएनन् स्मार्ट लाइसेन्स

7
SHARES
15
VIEWS

काठमाडौं । सवारी चालक अनुमति पत्रको परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष सम्म स्मार्ट लाइसेन्स पाउन सकेका छैनन्।
लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका देशभरका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दा समेत स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् ।
यातायात व्यवस्था विभागले गएको वर्ष भदौ महिना स्मार्ट लाइसेन्स वितरणको काम बन्द गरेको भएपनि कोभिड लगायतका कारण कार्ड खरिद गर्न नसकेको भन्दै विभागले स्मार्ट लाइसेन्स वितरण गरेको छैन।
विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार स्मार्ट लाइसेन्स आउन अझै दुई महिना लाग्ने बताउनु हुन्छ।वहाँका अनुसार विदेश जाने र अति आवश्यक भएकाको हकमा भने लाइसेन्स वितरणको काम सुचारू भएको  छ।
सबै खरिद प्रकिया सम्पन्न भइसकेकाले अबको दुई महिना पछि वितरण गर्ने तयारी रहेको बताउनु भयो । भुसालले १४ लाख स्मार्ट कार्ड आएपछि तीन चरणमा छपाइको काम गरेर भए पनि वितरण गर्ने तयारी थालेको बताउनु भयो । विभागले दुई महिनाअघि एक दुई महिना भित्रै वितरण गर्ने तयारी गरेको बताएको थियो।

विभागले हाल लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई अस्थायीरूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स वितरण गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित