हिमचुलि सहकारी द्धारा नरहरिनाथमा युवा उद्यमिलाई राहत प्रदान

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाको नरहरिनाथ गाउँ पालिकामा ७ जना युवा उद्यमि र १५ जना असाहय वालवालिकालाई राहत प्रदान गरिएको छ । आज नरहरिनाथ गाउँ पालिकाको लालु र माल्कोटमा उक्त राहत वितरण गरिएको हो ।

सेभद चिल्डेनको सहयोग तथा भिडिसेफ नेपालको साझेदारी र हिमचुलि कृषि सहकारी संस्था लि.को आयोजनामा युवा उद्यमिहरुलाई ५०००का दरले राहत र असाहय वालवालिकाहरुलाई दोस्रो चरणको ५०००का दरले वर्षरी सहयोग गरिएको संस्थाका फिल्ड सहायक दिल बहादुर भण्डारीले बताउनु भएको छ ।

राहत वितरण कार्यक्रममा नरहरिनाथ वडा न.६का वडा अध्यक्ष तुलाराज विक दैलेखिको उपस्थितिमा हस्तान्तरण गरिएको भिडिसेफ नेपाल को विकास सुपरिवेक्षक लक्ष्मि विकले बताउनु भएको छ । वहाँका अनुसार वर्षरी सहयोग वापतको रकम ७५ हजार र उद्यमि राहत ३५ हजार प्रदान गरिएको बताउनु भएको छ ।

नरहरिनाथ गाउँ पालिकामा यस अघि विभिन्न व्यवसाय गरेका १६ जना उद्यमिलाई ८५ हजार राहत दिने तयारी भएको हिमचुलि कृषि सहकारी संस्था लि. सेवा कार्यालय कुमालगाउ व्यवस्थापक मनिका बोहराले बताउनु भएको छ ।वहाँका अनुसार ३२ जना वालवालिकालाई पहिलो चरणमा ५ हजारका दरले वर्षरी सहयोग दिएको थियो भने दोस्रो चरणको उक्त सहयोग वालवालिकाहरुको घरमा गएर सहयोग प्रदान गरिएको बताउनु भयो ।

विगत चार वर्ष अघि देखि भिडिसेफ नेपाल र हिमचुलि कृषि सहकारी संस्था लि. को साभेदोरीमा युवा र वालवालिकाका क्षेत्रमा काम गर्दै आएको छ । जिल्लाको तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँ पालिकामा यस कार्यक्रमले युवा र वालवालिकाको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ

।वालवालिकाहरुलाई शिक्षामा सहयोग र युवा उद्यमिहरुलाई सहुलिएत कर्जा मार्फत व्यवसाय बृद्धिमा जोड दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित