पचालझरनाको सहयोगमा नमुना घर बन्दै

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । देख्दा ठुलो लगासनिबाट निर्माण गरिएको जस्तो देखिने यो घर पचालझरना गाउं पालिकाको ससहयोगमा निर्माण भएको हो ।

वडा न.१ निवासि विरेन्द्र ऐडीले निर्माण गरेको उक्त घरमा पचालझरना गाउँ पालिकाले जस्ता पाता मात्र सहयोग गरेको हो । आफुलाई गाउँ पालिकाले गरेको सहयोगले राहतको महसुस भएको बताउदै आफु जस्तै असाहयहरुलाई गाउं पालिकाको सहयोग बरदान हुने बताउनु भएको छ । जिल्लाको पचालझरना गाउँ पालिकाको सहयोगमा नमुना घर बन्न थालेका छन ।
खरले छाएका मुण्डा प्रकारका घरहरुमा हुरीवतास,आगलागि र अन्य जोखिमको डर हुने भएकाले सिंगो गाउंलाई खरको छाना मुक्त अभियान अघि बढाएको गाउं पालिकाले पछिल्लो समयमा गाउं नमुना घर बनाउन थालेको हो । वडा न.४को लाफाबाट शुरु गरेको अभियानमा यसस वर्ष वडा न.१ र ६का वस्तिमा घरनिर्माण गर्न थालेको पचालझरना गाउं पालिका प्रवक्ता खनरुप रोकायाले बताउनु भएको छ ।

घर निर्माण गर्ने समुदायहरुले सबै व्यवस्थापन गर्ने र उक्त घरमा गाउँपालिकाबाट जस्तापाताको व्यवस्थापन गर्ने गरेको बताउदै अध्यक्ष सेजुवालले समुदाय स्तरमा ठुलो राहत पुग्ने र स्थानिय निकायले थालनि गरेको अभियानमा समेत टेवा पुग्ने छ ।आगामी दुई वर्ष भित्र गाउँ पालिकाका सबै घरधुरीमा खरले छाएका छानाहरु देख्न नसकिने वहांको भनाई रहेको छ । अहिले सम्म पचालझरना गाउं पालिकाका ३ वटा वडा घर निर्माण हुन थालेका छन ।

यस कार्यक्रमलाई निरन्तर रुपमा अगाडी बढाउदै लैजाने गाउं पालिकोको योजना रहेको गाउं पालिका अध्यक्ष खडगराज सेजुवालको भनाई रहेको छ । यस अभियान कर्णालि प्रदेशको पहिलो र नमुना योग्य काम भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित