बन्दाबन्दीको मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

7
SHARES
15
VIEWS

काठमाडौं,जेष्ठ । बन्दाबन्दीको मोडालिटी बारे छलफल गर्न मन्त्रिपरिषद् बैठक आज बस्दैछ। दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ।

बन्दाबन्दी बारे छलफल गर्न मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको थियो। तर, मन्त्रीहरु बालुवाटार पुगिसके पछि स्थगित भएको बैठक आज बस्न लागेको हो।

गएको ११ चैत देखि जारी बन्दाबन्दी ३२ जेठमा सकिदैछ। अहिले कायम देशब्यापी बन्दाबन्दीको स्वरुप फेर्नेबारे सरकारले गृहकार्य गरिरहेको छ। तर, कस्तो र कसरी गर्ने भन्ने निष्कर्षमा पुग्न सकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्बन्धित विषयका सरोकारवालाहरुसँग बन्दाबन्दीको स्वरुप परिवर्तन गर्ने छलफल गरिसकेका छन्। कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्च स्तरीय समितिमा पनि बन्दाबन्दीको स्वरुप फेर्नेबारे छलफल भइसकेको छ।

बन्दाबन्दी लामो समय हुँदा विशेषगरी अर्थतन्त्र चौपट भएको भन्दै व्यवसायीहरुले अहिलेकै जस्तो स्वरुपमा निरन्तरता नदिन दबाव दिदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित