माओवादी केन्द्रले मात्र जनताको हितमा काम गरेको छ -उपाध्यक्ष न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र)कि महिला नेतृ तथा पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले देशको मुहार फेर्ने काम जनयुद्ध देखि हाल सम्म माओवादी केन्द्रले मात्र गरेको बताउनु भएको छ । अहिले सम्म अन्य दलले भन्दा माओवादी केन्द्रले जनताको मुहार फेर्ने काम गरेको दाबी गर्दै उपाध्यक्ष न्यौपानेले माओवादी केन्द्रले पचालझरनाको सिकुमा उल्लेखनीय काम गरेको र भाबिदिनमा थप ब्यबस्थापन गर्ने बताउनु भएको छ । आफुले माओवादी केन्द्रले नेतृत्व गरेको गाउँ पालिकामा भोलि पनि नेतृत्व गर्ने ठोकुवा गर्नु भएको हो । माओवादी केन्द्रले पहिलो पटक ३५ प्रतिशत महिला,२० प्रतिशत युबा,१५ प्रतिशत दलितको सुनुस्चित गरेको र सत्ता र सरकारमा उचित स्थान दिएको छ । पचालझरना गाउँ पालिका वडा सम्मेलनमा बोल्दै नेतृ न्यौपानेले सेल कमिटी सदस्य हुनु गर्व गर्न अनुरोध गर्नु भएको छ । सर्बसम्मत कमिटी नेतृत्व चयनमा गोकुल खड्का अध्यक्ष,कन्न कामी उपाध्यक्ष, पशुपति न्यौपाने सचिब ,मिलता बोगटी सहसचिव र कोषाध्यक्ष धन सार्की सहित २९ सदस्यीय कमिटी गठन चयन गरेको छ । आफू पचालझरना गाउँ पालिका उपाध्यक्ष न्यौपानेले पक्की भवन,टोल टोलमा सडक लगाएतका काम गरेको दाबी गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित