माओवादी केन्द्र पचालझरनाका सबै वडामा सर्बसम्मत नेतृत्व छ्नोट

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्र पचालझरना गाउँ पालिकामा सबै वडामा नेतृत्व सर्बसम्मत भएको छ । पचालझरना गाउँ पालिकाको वडा नम्बर १ देखि ९ सम्म सर्बसम्मत चयन भएको बताइएको छ । उक्त कमिटीका अध्यक्षहरुमा वडा १मा गोकुल खड्का,वडा नम्बर २ मा सर्जन बि क,वडा नम्बर ३ मा सुशील ऐडि,वडा नम्बर ४ मा नर सेजुवाल ,वडा नम्बर५ मा रत्न कुमाल,वडा नम्बर ६मा देबराज संज्याल, वडा नम्बर ७मा धर्म बोगटी ,वडा नम्बर ८ मा जयराम टमट्टा र वडा नम्बर ९ मा केशब शाही सर्बसम्मत निर्वाचित भएको नेकपा माओवादी केन्द्र पचालझरना गाउँ कमिटी अध्यक्ष पौरख बिकले बताउनु भएको छ । यस अघि पचालझरना गाउँ पालिका वडा नम्बर ४ को सम्मेलन २ गते भएकोमा अन्य वडाको सम्मेलन आज( मंसिर ४) मा भएको र सबै वडामा नेतृत्व सर्वसम्मत भएको पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले सबै निर्वाचित कमिटीलाई बधाइ दिदै कार्यकाल सफलताको कामना ब्यक्त गर्नु भएको छ ।वडा नम्बर ५ को प्रथम  वडा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष सेजुवालले पचालझरनामा माओवादी किल्ला भएको र आगामी दिनमा जित हासिल गर्ने ठोकुवा गर्नु भएको छ । त्यसै गरि पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले जे गर्छ माओवादी केन्द्रले गर्ने दाबी गर्दै अहिले माओवादी केन्द्रको पहलमा बिकास निर्माण देखि सबै काम गरेको बताउनु भएको छ । पचालझरना १ नम्बर वडाको प्रथम वडा सम्मेलनलाई सम्बोधन सो कुरा बताउनु भएको छ । नेकपा माओवादी केन्द्र पचालझरनाको पालिका प्रथम सम्मेलन मंसिर १० गते हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित