माओवादी केन्द्र रास्कोट नगरका सबै वडामा नेतृत्व सर्बसम्मत

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र)  रास्कोट नगरपालिकाका सबै वडामा नेतृत्व छनोट भएको  छ । जसमा रास्कोट नगरपालिका वडा कमिटी अध्यक्षहरुमा वडा नम्बर १ मा देबेन्द्र शाही,वडा नम्बर २ मा धुर्व सिम्खाडा,वडा नं ३ मा दंगली सार्की,वडा नं ४ मा अध्यक्ष अरूण शाही सर्बसम्मत भएको बताइएको छ । त्यसै गरि वडा नम्बर ५मा  अध्यक्ष ईलिम शाही,वडा नम्बर ६मा  बिर्ख थापा,वडा नम्बर ७ मा  कपुर महतारा,वडा नम्बर ८ मा धुर्व धमाला,वडा नम्बर ९ मा उदयनन्द बराल सर्बसम्मत भएको नेकपा माओवादी केन्द्र रास्कोट नगर कमिटी अध्यक्ष धर्मराज शाही (पोषण) ले बताउनु भएको छ । सबै नेतृत्वलाई बधाइ दिदै अध्यक्ष शाहीले रास्कोट नमुना बनाउने अभियानमा सबै कमिटी लागि पर्ने बिश्वास ब्यक्त गर्नु भएको छ । रास्कोट नगरपालिका प्रमुख काशी चन्द्र बरालले पार्टी सहि ढंगले अगाडी बढाउन सबै तहका कमिटी तथा पदाधिकारी अग्रसर हुनु पर्नेमा जोड दिनु भएको छ । वडा नम्बर ५ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख बरालले सो कुरा बताउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित