कालीकोटका ७२ वडामा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न,सबै वडामा सर्ब सम्मत नेतृत्व छनोट

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटका ८२ वडा मध्ये १० वडा बाहेक ७२ वडामा वडा सम्मेलन सम्पन्न भएका छ्न । नेकपा (माओवादी केन्द्र)कालीकोटका अध्यक्ष धनजित शाहीका अनुसार पार्टी केन्द्रले तोके अनुसार शनिबार भएको वडा सम्मेलनमा सबै वडामा सर्बसम्मत नेतृत्व छनोट भएको बताउनु भएको छ । प्रदेश निर्वाचन क्षेत्र (क)का खांडाचक्र नगर पालिकाको वडा नम्बर ३,तिलागुफा नगरपालिका वडा नम्बर ७, महाबै गाउँ पालिकाको वडा नम्बर १ र शुभकालिका गाउँ पालिका वडा नम्बर ४,५,७ र ८मा सम्मेलन हुन नसकेको बताइएको छ । त्यसै गरि प्रदेश निर्वाचन क्षेत्र (ख)को सान्नित्रीबेणी गाउँ पालिकाको वडा नम्बर ४,५ र ७ मा पनि सम्मेलन हुन नसकेको बताइएको छ । जिल्ला भर भएको वडा सम्मेलनमा नेतृत्व सर्बसम्मत छनोट भएको बताउदै अध्यक्ष शाहीले पार्टी बिधान अनुसार संगठनमा महिला,दलित र युबाको सहभागिता गरिएको बताउनु भएको छ । वहाँका अनुसार हरेक कमिटीमा ३५ प्रतिशत महिला,२० प्रतिशत युबा र १५ प्रतिशत दलितको सहभागिता गराइएको बताइएको छ । जिल्ला भर सम्मेलन सम्पन्न गर्न लागि पर्ने सबै पार्टी पंक्तिलाइ धन्यवाद दिदै अध्यक्ष शाहिले निर्वाचित सबैलाइ कार्यकाल सफलताको शुभकामना दिनु भएको छ ।वडा सम्मेलनका क्रममा अन्य पार्टी परित्याग गरेर दुई दर्जन बढी नेकपा माओवादी केन्द्रमा प्रबेश गरेको बताइएको छ । जिल्लाका १० वटा स्थानमा समयमै हुन नसकेका वडामा मेला पर्व,समन्वय सहकार्यका कार्यको अभाबमा समस्या आएपनी तत्काल १० गते भित्र वडा सम्मेलन हुने बताउनु भएको छ ।नेकपा(माओवादी केन्द्र)ले मंसिर ४ गते वडा सम्मेलन,मंसिर ११ गते स्थानीय तहका सम्मेलन, मंसिर २५ गते प्रदेशको सम्मेलनको घोषणा गरेको छ भने पौष ११ देखि १३ मा रास्ट्रीय सम्मेलनको आयोजना गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित