महाबैमा स्वस्थ्य तथा सरसफाई निति तयार गरिदै

7
SHARES
15
VIEWS

(महावै) कालीकोट । महाबै गाउँ पालिकालाई पूर्ण सरसफाई युक्त गाउँ पालिका बनाउने ध्येयका साथ पहिलो पटक स्वास्थ्य तथा सरसफाइ निति तयारी गर्न लागिएको छ ।

महाबै गाउँ पालिकाले एक गोष्ठीको आयोजना गरी सरसफाई निति बनाउन लागेको हो । महाबै गाउँ पालिका अध्यक्ष नन्द बहादुर सिहको अध्यक्षतामा भएको गोष्ठीमा एक महिना भित्र नीति निर्माण गर्ने बताइएको छ । महाबै गाउँ पालिकामा स्वास्थ्यको अबसर सम्भावना,चुनौति तथा गतिविधि र प्रगतिको बिषयमा व्यापक छलफल भएएको बताइएको छ ।

सो गोष्ठीमा स्वास्थ्यका लागि सक्षम प्रणालि सहयोग रहेको छ उक्त गोष्ठीमा प्राबिधिक अधिकृत गगन सिंह ठगुन्ना, स्वास्थ सुचना प्रणालि अधिकृत निधु ढंगाल, प्राबिधिक अधिकृत तथा स्वास्थ्य प्रणालि सुदृढीकरणका सिताराम रिमाल र स्वास्थ्य सेवा कार्यालय कालिकोट तथ्यांक अधिकृत लकं बम को सहभागीतामा गोष्ठि सम्पन्न भएको बताइएको छ ।

महाबै गाउँ पालिका अध्यक्ष नन्द बहादुर सिंहले पहिलो चरणका जनप्रतिनिधि भएका कारण महत्वपूर्ण कामहरु ओझेलमा परेकाले आउने दिनमा प्राथमिकतामा राखेर अघि बढ्ने बताउदै महाबै गाउँ पालिकामा स्वास्थ निति निर्माणमा जिल्ला स्वस्थ्य सेवा कार्यालय कालीकोट तथा अन्य निकायको सहयोग भएको धन्यवाद दिदै महाबै गाउँ पालिकाको निति अन्य स्थानिय तहको भन्दा भिन्न र व्यवहारिक हुने बताउनु भएको छ ।

महाबै गाउँ पालिका स्वास्थ्य संयोजक बबिता बटालाको संचालनमा भएको गोष्ठीमा महाबै गाउँ पालिकाका सबै वडाका अध्यक्ष,कार्यपालिका सदस्यका साथै बिषयगत शाखाका प्रमुख तथा वडा सचिवहरुके सहभागिता रहेको थियो ।

सहभागि सबैले निति निर्माणमा आफुहरुको सहयोग रहने र छिटो भन्दा छिटो पूर्णता पाउने गरी काम गर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित