कालीकोटमा स्वास्थ्य सम्बन्धि काम गर्न समन्वयात्मक बैठक

7
SHARES
15
VIEWS

कालीकोट ।स्वास्थ्य क्षेत्रमा सहयोग र सबलिकरण गर्न जिल्ला स्तरीय समन्वयत्मक बैठक बसेको छ । जिल्लामा विभिन्न क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था किर्डाक नेपाल र जिल्ला स्वास्थ्य कार्यालय कालीकोट बिच जिल्ला स्तरीय समन्वय बैठक बसेको हो । जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतको संचालन तथा निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक  डाक्टर रत्नबिर सुनारकाे अध्यक्षता, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यकाे प्रमुख आतिथ्यतामा उक्त जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको हाे । सो कार्यक्रममा प्रहरी नायब उपरीक्षक सिद्वराज न्याैपाने, शसस्त्र प्रहरी बल आश्रित गुल्मका गुल्मपति रामबाबुपालि बाेगटि,नेपाल पत्रकार महाँसंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट लगाएतका पत्रकारहरुका साथै स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेकाे बताइएको छ । कार्यक्रममा बाेल्दै किर्डाक नेपालका जिल्ला संयाेजक तुलाराम पाण्डेले स्वास्थ्य क्षेत्रमा गर्न खोजेको सहयोग र बिगतमा गरिएको कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । प्लान नेपालको सहयोगमा जिल्लाका रास्कोट नगरपालिका,नरहरिनाथ र सान्नित्रीबेणि र गाउँ पालिका काेभिड १९ र खाेपका बिषयमा सचेतना जगाउने र खाेपकाे महत्वका बारेमा समुदायलाई जानकारी दिनुका साथै खाेप सम्वन्धित परम्परागत  साेचको अन्त गर्न  सचेतना जगाउने  बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित