प्रेसले समाजवादको यात्रामा एकीकृत रुपमा लाग्नु पर्छ – प्रदेश इन्चार्ज शक्ति बस्नेत

7
SHARES
15
VIEWS

सुर्खेत । नेकपा( माओवादी केन्द्र) कर्नाली प्रदेशका इन्चार्ज शक्ति बस्नेतले प्रेस सेन्टरले अबको राजनैनिक यात्रा समाजवाद उन्मुख हुने गरी काम गर्न एकीकृत रुपले लाग्नु पर्ने बताउनु भएको छ । माओवादी केन्द्र निकट प्रेस सेन्टर कर्नाली प्रदेशको दोस्रो अधिबेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले अहिलेको बिश्वमा संचारको बिकाशले तिब्रता दिएकाले सोही अनुसार संचारकर्मिले प्रबिधिमा अग्रसर हुन समेत आग्रह गर्नु भएको छ । आज उद्घाटन भएको अधिबेशनमा नेकपा( माओवादी केन्द्र) कर्नाली प्रदेशका अध्यक्ष आर्ट, सचिब रामदिप आचार्य लगाएत प्रेस संघ संगठनका नेताहरुले शुभकामना मनतब्य दिएको बताइएको छ । प्रतीक इच्छुक शर्माको अध्यक्षता तथा गणेश सेर्पाइलिको संचालनमा भएको कार्यक्रममा कर्नाली प्रदेशका माओवादी निकट तिन सय बढी संचारकर्मिको सहभागिता रहेको अधिबेशनमा सहभागी हाम्रा सहकर्मी पुस्प उपाध्यायले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित